बर्षमा एकपटक अमेरिका आउँदैमा ग्रिनकार्ड नजोगिन सक्छ, राख्नुहोस् यस्ता प्रमाण


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

अमेरिकामा स्थायी बासिन्दाहरूलाई उनीहरूको बैध स्थितिको प्रमाणको रुपमा ग्रिनकार्ड जारी गरिन्छ । कतिपय आप्रवासीहरू विश्वास गर्छन् कि उनीहरू विदेशमा बसेर बर्षको कम्तीमा एकपटक अमेरिका फर्किएको खण्डमा ग्रिनकार्ड वाहकका रुपमा स्थायी बासिन्दाको स्टाटस कायम राखिरहन सक्छन् । तर यो अनुमान गलत भएको युएससीआईएसले प्रष्ट पारेको छ ।

वर्षमा एक पटक अमेरिकाको भ्रमण गर्नु नै ग्रिनकार्डवाहकका रुपमा आफ्नो स्थिति कायम राख्नका लागि पर्याप्त छैन। अमेरिकाका स्थायी बासिन्दाहरु अमेरिकाबाहिर यात्रा गर्दा अस्थायी र छोटो खालको यात्राले सामान्यतया उनीहरुको स्थायी बासिन्दाको स्टाटसमा खास फरक पर्दैन । तर ग्रिनकार्डवाहक अत्यन्तै लामो समय अमेरिकाबाहिर बसेको खण्डमा वा अन्य तरिकाबाट अमेरिकालाई आफ्नो स्थायी घर बनाउने आशय नदेखिएको खण्डमा अमेरिकी सरकारले तपाईले स्थायी बासिन्दाको स्टाटस त्यागेको निष्कर्ष निकाल्न सक्छ ।

तपाईले अमेरिका छाडेको एकबर्षको पूरा भएको अवस्थामा मात्र होइन, तपाईले ६ महिनादेखि १ बर्षभित्रको भ्रमण गरेको अवस्थामा समेत अमेरिकी सरकारले तपाईले स्थायी बासिन्दाको स्टाटस त्यागेको निष्कर्ष निकाल्न सक्ने युएससीआईएसको चेतावनी रहेको छ । यदि तपाईले अमेरिकालाई स्थायी घर बनाउने आशय नराखेको प्रमाण भएको खण्डमा एकबर्षमा एकपटक अमेरिका प्रवेश गरेतापनि तपाईको ग्रिनकार्ड गुम्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कोठा भाडामा लिएको लिज, अमेरिकामा गाडी, घर रहेको प्रमाण, ट्याक्स फाइल गरेको प्रमाण, अमेरिकामा जागिर गरिरहेको प्रमाण जस्ता कागजातहरुले तपाई लामो समय अमेरिकाबाहिर बसेतापनि तपाईले अमेरिकालाई घर बनाउने पुष्टी गर्ने भएकाले लामो समय अमेरिकाबाहिर बस्नेहरु वा बर्षमा एकपटकमात्र अमेरिका आउने ग्रिनकार्डवाहकलाई यस्ता प्रमाणहरु बोक्न कानून व्यवसायीहरुले सुझाव दिएका छन् । यस्ता प्रमाणहरु रहेको खण्डमा अमेरिकाबाहिरको बसाई कहिलेकाँही एकबर्ष नाघेको अवस्थामा समेत अमेरिका प्रवेशमा सहज हुने गर्छ ।

त्यस्तै अस्थायी जागिरका लागि, अध्ययनका लागि वा परिवारका सदस्यको हेरचाहका लागि अस्थायीरुपमा अमेरिकाबाहिर गएको प्रमाण समेत राख्न सकिन्छ । सीबीपीका अधिकारीहरुले अमेरिकामा रहेको तपाईको स्थायी ठेगाना समेत सोध्न सक्छन्, यस्तो अवस्थामा तपाईले आफ्नो ठेगाना सहजै बताउनसक्नुपर्छ । कतिपयले ठेगाना वताउन नसक्दा समेत झमेलामा पर्ने गरेका छन् ।

यदि १२ महिनाभन्दा धेरै अमेरिकाबाहिर बस्ने पहिले नै थाहा भएकाहरुले अमेरिका छाड्नु अगाडि नै ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यस्तो रि इन्ट्री पर्मिट २ बर्षका लागि काम गर्ने हुन्छ । १ बर्ष नाघेकाहरुले अमेरिका प्रवेश गर्दा ग्रिनकार्ड वा भिसाको साटो यो रि इन्ट्री पर्मिट देखाउनुपर्छ । याद गर्नुहोस्, यदि कोही ग्रिनकार्डवाहक अमेरिकाबाहिर १८१ दिनभन्दा धेरै बसेर फर्कदै हुनुहुन्छ भने तपाई विमानस्थल वा प्रवेश नाकामा पूर्ण अध्यागमन जाँच गर्नुपर्ने व्यक्तिको श्रेणीमा पर्नुहुनेछ । यो अवस्थामा तपाईलाई सीबीपी अधिकारीले सामान्य सोधपुछ वा अतिरिक्त सोधपुछ समेत गर्नसक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com