अमेरिकी सेनाले एटलान्टिक ओसनमा खसाल्यो चिनियाँ जासुसी बेलुन


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

अमेरिकी सेनाले संदिग्ध चिनियाँ जासुसी बेलुनलाई अमेरिकाको पूर्वी समुद्री किनारमा एट्लान्टिक महासागरमा खसालेको छ । जासूसी बेलुन यस हप्ताको सुरुमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो ।

बेलुन खसाल्नु अघि संघीय उड्डयन प्रशासनले नर्थ क्यारोलिनाको विल्मिंगटन र साउथ क्यारोलिनाको चार्ल्सटन र मर्टल बीच एयरपोर्टहरूको लागि ग्राउन्ड स्टप जारी गरेको थियो।संघीय उड्डयन प्रशासनले मार्टल बीच नजिकैको हवाई क्षेत्रलाई पनि प्रतिबन्धित गरेको थियो ।

संघीय उड्डयन प्रशासनको क्यारोलिनाका तीन एयरपोर्टका लागि ग्राउन्ड स्टप बेलुका ५ः१५ बजेसम्म विस्तार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मूल ग्राउन्ड स्टप पौने १ बजेदेखि पौने ३ बजेसम्म रहेकोमा त्यसपछि सबा ३ बजेसम्म विस्तार गरिएको थियो । त्यसपछि २ घण्टा थपिएको हो । ग्राउन्ड स्टपको समयमा विशेष मापदण्ड पूरा गर्ने सबै विमानहरू जमिनमा रहनुपर्छ।

अमेरिकी रक्षा मन्त्रालयले बुधबार नै मोन्टानामा गोली हानेर बेलुन खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने भएकाले खसाल्ने निर्णय गरेको थिएन ।

अमेरिकामा संदिग्ध चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङको यात्रा स्थगित भइसकेको छ । स्थगनले वाशिंगटन र बेइजिङ बीचको तनावमा महत्त्वपूर्ण नयाँ चरण देखिएको छ ।

अमेरिकी विदेशमन्त्रीको यात्रा गत वर्षको अन्तमा बालीमा सी जिनपिङसँग राष्ट्रपति जो बाइडेनको भेटपछिको श्रृंखला रहेको थियो ।
ब्लिन्केन, राष्ट्रपति जो बाइडेन र अन्य शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीहरू बीचको उच्च स्तरीय वार्तालाप पछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगित गर्ने निर्णय गरिएको हो ।

ह्वाइट हाउसका अधिकारीहरूले नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बाइडेनको भेटपछि अमेरिका र चीनबीचको सम्बन्धमा सुधार भएको देखेका थिए। अहिलेको यात्रा स्थगन भएपनि बाइडेन र सीबीच अर्को केही महिनामा फेरि कुरा हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको छ ।

शुक्रबार ढिलो एक विज्ञप्तिमा चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो । मन्त्रालयले बेलुनको सीमित स्टेयरिङ क्षमताहरू भएको र हावाको कारणले आफ्नो योजनाबद्ध मार्गबाट ​​टाढा गएको बताएको थियो ।

अमेरिकी वायुक्षेत्रमा बेलुनको अनपेक्षित प्रवेशप्रति चीनले दुख प्रकट गरेको थियो । चीनले वक्तव्यमा कसैको नियन्त्रणभन्दा बाहिरका घटनाहरूलाई सन्दर्भ गर्न प्रयोग गरिने कानुनी शब्दलाई उद्धृत गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com