अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून


प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार

 

गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको श्रम विभागले एक रिपोर्टमा भनेको छ, “जनवरीमा पाँच लाख १७ हजार रोजगारी थपिएपछि रोजगारीको दर ३.४ प्रतिशतमा झरेको छ ।” “अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

यो आँकडा नीति निर्माताहरूका लागि चिन्ताजनक सावित हुनसक्छ । किनकी यसले रोजगारीको लाभमा थप गिरावटको अपेक्षालाई अस्वीकार गर्दछ र गत डिसेम्बरको दुई लाख ६० हजार रोजगारीको सङ्ख्याबाट तीव्र वृद्धिको सङ्केत गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रीय बैंकरहरूले बढ्दो मुद्रास्फीतिलाई कम गर्न आक्रामक अभियान सुरु गर्दा, चिन्ताको एक प्रमुख क्षेत्र श्रम बजार भएको छ । अमेरिकी श्रम बजारमा उपलब्ध कामदारहरूको आपूर्तिभन्दा बढी माग छ र रोजगारदाताहरू महामारीको समयका आफ्ना कर्मचारीहरू कायम राख्न उत्सुक छन् ।

सामान्यतया ब्याज दर बढ्दै जाँदा बेरोजगारी बढ्ने देखिए पनि बेरोजगार दर ऐतिहासिक रूपमा न्यूनस्तरमा रहेको छ । फेडरल रिजर्भले पनि उच्च तलबले सेवा मुद्रास्फीतिमा योगदान गर्नसक्छ भन्ने चिन्तामा ज्याला वृद्धिको निगरानी गरिरहेको छ । जनवरीमा औसत अमेरिकीको प्रतिघण्टा आम्दानी ०.३ प्रतिशतले बढेर ३३.०३ डलर पुगेको श्रम विभागले जनाएको छ ।सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com