टिकटकलाई गुगल र एप स्टोरबाट हटाउन आग्रह गर्दै डेमोक्रेटिक सिनेटरले लेखे पत्र


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

अमेरिकामा डेमोक्र्याटिक सिनेटर माइकल बेनेट चाइनिज कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई एप्पल र गुगलबाट सञ्चालित एप स्टोरहरूबाट हटाउन माग गरेका छन् । टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम खडा गरेको भन्दै खुफिया समितिमा रहेका सांसद बेनेटले हटाउन माग गरेका हुन् ।

संसदले संघीय सरकारका उपकरणमा प्रतिबन्ध लगाएको एप टिकटक चीनको सरकारले अमेरिकीहरूको डेटा सङ्कलन गर्न वा चिनियाँ हितलाई अगाडि बढाउन प्रयोग गर्न सक्छ भन्ने चिन्ताको कारण बढ्दो आलोचनामा परेको छ।

बेनेटले गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाई र एप्पलका सीईओ टिम कुकलाई लेखेको पत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको आदेशको अधीनमा रहेको कुनै पनि कम्पनीसँग अमेरिकी जनताको बारेमा यस्तो व्यापक डाटा सङ्कलन गर्ने वा अमेरिकी जनसंख्याको झन्डै एक तिहाइ सामग्रीलाई क्युरेट गर्ने शक्ति हुन नहुने उल्लेख छ ।

माइकल बेनेट

‘यी जोखिमहरूलाई ध्यानमा राख्दै म तपाइँलाई तपाइँको सम्बन्धित एप स्टोरहरूबाट टिकटकलाई तुरुन्तै हटाउन आग्रह गर्दछु,’ – उनले लेखेका छन् । बेनेटको पत्र भन्दा पहिले नै रिपब्लिकनहरूले धेरै हदसम्म टिकटक र राष्ट्रिय सुरक्षा चिन्ताको आरोपको नेतृत्व गरेका थिए । यद्यपि डेमोक्र्याटिक सिनेटर डिक डरबिनले पहिले नै अमेरिकीहरूलाई टिकटक एप प्रयोग गर्न बन्द गर्न आग्रह गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले रिपब्लिकनको नियन्त्रणमा रहेको संसदको प्रतिनिधिसभामा विदेश मामिला समितिले अमेरिकामा टिकटकको प्रयोगलाई रोक लगाउने उद्देश्यले विधेयकमा यस महिना मतदान गर्ने योजना बनाएको छ ।

२०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रयोगकर्ताहरूलाई टिकटक डाउनलोड गर्नबाट रोक्ने प्रयास गरेका थिए । साथै अन्य लेनदेनहरूलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । अमेरिकामा टिकटकको प्रयोगलाई प्रभावकारी रूपमा रोक्न सक्ने कदम अदालतले खारेज गरेको थियो ।

टिकटक कम्पनीले चीनको सरकारले अमेरिकी नागरिकहरूको व्यक्तिगत डेटा पहुँच गर्न वा एपको सामग्री हेरफेर गर्न नसक्ने बताउदै आएको छ ।
टिकटकका मुख कार्यकारी शाउ जि च्यु मार्चमा युएस हाउस इनर्जी एन्ड कमर्स कमिटीमा उपस्थित हुने छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com