पाकिस्तानको पेशावरमा नमाज पढिरहेका प्रहरीमाथि आक्रमण, ५९ जनाको मृत्यु


प्रकाशित मिति : माघ १६, २०७९ सोमबार

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा नमाज पढिरहेका प्रहरीलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको छ । यो मस्जिद प्रहरी मुख्यालय क्षेत्रमा रहेको थियो जहाँ सहरको कडा सुरक्षा व्यवस्था हुन्छ ।

घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पत्रकारसँग कुरा गर्दै भने, ‘आतंकवादीहरूले पाकिस्तानको रक्षा गर्नेहरूलाई निशाना बनाएर डर पैदा गर्न चाहन्छन्।’ सुरुमा, एक पाकिस्तानी तालिबान कमाण्डरले घटनाको जिम्मेवारी लिएको थियो, तर केही समय पछि संगठनले आक्रमणको पछाडि इन्कार गर्यो।

चरमपन्थी समूहले नोभेम्बरमा पाकिस्तानसँगको युद्धविराम तोडेको थियो र त्यसयता हिंसा बढ्दै गएको छ। डिसेम्बरमा पेशावरको एक प्रहरी चौकीमा हमला भएको थियो । अस्पतालका प्रवक्ताले बीबीसीलाई बताएअनुसार अहिलेसम्म ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १५७ जना घाइते भएका छन् ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय सञ्चारमाध्यमसँग कुरागर्दै भनेका छन्, ‘घटनाको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरी उपस्थित थिए।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मस्जिदको क्षेत्र शहरको सबैभन्दा नियन्त्रित क्षेत्रहरू मध्ये एक हो, पुलिस मुख्यालय, गुप्तचर विभाग र काउन्टर-टेररिज्म ब्यूरोको कार्यालय रहेको छ ।

प्रधानमन्त्री शरीफले आक्रमण पछाडिको ‘इस्लामसँग कुनै सरोकार नभएको’ बताए । उनले भने, ‘आतंकवादविरुद्ध सिंगो देश एकजुट छ।’स्थानीय समय अनुसार दिउँसो करिब १: ३० बजे प्रार्थनाको समयमा विस्फोट भएको हो ।-बिबिसिबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com