अमेरिकाको शियाटलमा प्रहरीको गाडीको ठक्करबाट २३ बर्षीय विद्यार्थी जाह्नवीको मृत्यु


प्रकाशित मिति : माघ १६, २०७९ सोमबार

GoFundMe

एक कलेज स्नातक विद्यार्थीलाई उनले अध्ययन गर्ने कलेज नजिकै तीब्र गतिको शियाटल प्रहरीको कारले ठक्कर दिएर मारेको छ। भारतको विद्यालयमा शिक्षिका रहेकी एकल महिलाकी छोरी २३ बर्षीय जाह्नवी कान्डुलाको डेक्सटर एभिन्यू नर्थ र थोमस स्ट्रीट नजिकको क्रसवाकमा कारको ठक्करबाट मृत्यु भएको हो ।

नर्थइस्टर्न युनिभर्सिटी सिएटल क्याम्पसमा स्नातकोत्तर अध्ययनरत कन्दुलालाई नजिकैको अस्पतालमा मृत घोषणा गरिएको थियो ।
ठककर दिने गाडीका चालक प्रहरी अधिकृत काममा नै छन् । उनको परिचय सार्वजनिक गरिएको छैन ।

कन्दुलाको परिवारले घटना हृदयविदारक भएको बताएका छन् । जाह्नवीको दुखद र असामयिक मृत्युले उनको परिवार र समुदायमा हृदयमा ठूलो प्वाल पारेको छ जुन कहिल्यै मर्मत हुन नसक्ने परिवारले बताएको छ । उनी भारतमा प्राथमिक विद्यालय पढाउने एकल आमाकी छोरी थिइन्।

हरेक महिना २ सय डलरभन्दा भन्दा कम आम्दानीका बावजुद उनकी आमाले जाह्नवीलाई शिक्षा दिएकी थिइन् । जाह्नवीको राम्रो भविष्य र विदेशमा राम्रो जीवन बिताउने आशामा उनलाई अमेरिका जान प्रोत्साहन दिइएको थियो । अब उनकी आमाको आशा र सपनाहरू सबै समाप्त भएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

घटना पछि शियाटल प्रहरीले विज्ञप्तिमा कन्डुलाको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै यसलाई सबैका लागि भयानक त्रासदी भनेको छ। तर विभागले अनुसन्धान बाँकी रहेको दुर्घटनाको थप विवरण सार्वजनिक गरेको छैन।

रिपोर्टहरू अनुसार प्रहरीको गाडी सेभेन्थ एभिन्यू नर्थको ७०० ब्लकमा अग्निनियन्त्रकहरूसँग द्रुत गतिमा जाँदै थियो । त्यहीबेला कन्दुलालाई ठक्कर दिएको थियो । कान्डुला भारतको आन्ध्र प्रदेशकी हुन् । उनको शोकमा परेकी आमालाई सहयोग गर्नको लागि गोफण्डमी स्थापना गरिएको छ । जसमा १ लाख ५६ हजार डलर संकलन भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com