दुबईबाट उडेको इमिरेट्सको विमान आकाशमा १३ घण्टापछि किन दुबई नै फर्कियो ?


प्रकाशित मिति : माघ १५, २०७९ आईतबार

शुक्रबार बिहान दुबईबाट अकल्याण्ड न्यूजील्याण्डको लागि जाँदै गरेको इमिरेटस्को उडान १३ घण्टा भन्दा बढी आकाशमा विताएपछि दुबईकै एयरपोर्टमा फिर्ता अवतरण गरेको छ ।

विहान स्थानीय समय अनुसार बिहान साढे १० बजे उडेको थियो । मा पाइलटले लगभग ९ हजार माइलको यात्राका क्रममा आधाभागमा पुगेपछि विमानलाई फिर्ता घुमाए । विमान शनिबार मध्यरात पछि दुबईमा फिर्ता अवतरण गरेको थियो ।

न्यूजील्याण्डको अकल्यान्ड एयरपोर्ट सप्ताहन्तको सुरुमा गम्भीर बाढीका कारण बन्द गर्न बाध्य भएको थियो। जसका कारण विमान बीचबाटै फर्कनु परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अकल्याण्ड एयरपोर्टले अन्तर्राष्ट्रिय टर्मिनलमा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । दुर्भाग्यवश शनिबार कुनै पनि अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न नसक्ने निर्णय गरेको विमानस्थलले स्थानीय समय अनुसार शनिबार दिउँसोको एक विज्ञप्तिमा बताएको थियो ।

स्थानीय समयअनुसार शनिबार राति आन्तरिक उडान सुचारु भएपछि आइतबार बिहान अन्तर्राष्ट्रिय उडान सुचारु गरिएको विमानस्थलका अधिकारीले बताएका छन् ।

इमिरेट्सले ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । इमिरेट्सले अकल्याण्डको अवस्थाको अनुगमन गर्न जारी राख्ने र आवश्यक भएमा अपडेट जारी गर्ने जनाएको छ ।

शनिबारका लागि तय गरिएको उडान ५ घण्टा ढिलो भएको थियो भने आइतबारका लागि तय गरिएको उडान रद्द गरिएको थियो । सोमबार स्थानीय समय विहान १० बजेर २० मिनेटका लागि उडान तय गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com