कङ्गोमा विद्रोहीका कारण विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै


प्रकाशित मिति : माघ १५, २०७९ आईतबार

कङ्गोमा पछिल्लो समयमा विद्रोहीहरुले हिंसात्मक हमला बढाएका छन् । जसका कारण यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित हुन पुगेका बताइएको छ ।संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही महिनायता यहाँका एम २३ नामको विद्रोही समूहले सशस्त्र हमला गर्ने गरेको छ । यस्ता हमलाहरुमा नागरिक पर्ने भएकाले उनीहरुलाई त्यहाँबाट विस्थापित हुने गरेका संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी एजेन्सीको एक रिपोर्टअनुसार यहाँका ९० हजार मानिस केही हप्तायतामात्र विस्थापित हुन पुगेका छन् । कङ्गोको सरकारी सुरक्षा फौज र उक्त विद्रोही समूहका बीचमा पछिल्ला हप्ताहरुमा भएका झडपहरुमा नागरिक पनि पर्ने गरेका छन् ।

जसका कारण स्थानीय नागरिक भागेर अन्यत्रै जाने गरेका संयुक्त राष्ट्रसङ्घीय उक्त एजेन्सीले जनाएको छ । खासगरी उत्तरी कङ्गोको किभु प्रान्तमा यस्तो विद्रोह हुने गरेको बताइएको छ । सो विद्रोहमा परेर कम्तीमा पनि ९० हजार स्थानीय नागरिक त्यहाँबाट विस्थापित भएका र उनीहरुलाई मानवीय सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ ।

उहाँले सरकारी सुरक्षा फौजमाथि तथा सो प्रान्तका सरकारी अधिकारी एवं स्थानीय सर्वसाधारलाई नै विद्रोहीले तारो बनाउने गरेका बताउनुभयो । पछिल्लो हमलाहरुमा कैयौँ नागरिकको ज्यान गएको छ भने हजारौँ जना आफ्ना घरबास छोडेर भागेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com