अष्ट्रेलियामा रेडियोएक्टिभ क्याप्सुल हरायो, विकिरणको त्रासले रेड अलर्ट जारी


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

रेडियोधर्मी क्याप्सुल हराएपछि अस्ट्रेलियामा हलचल मच्चिएको छ । यो क्याप्सुलको खोजीका लागि विभिन्न टोली पनि गठन गरिएको छ । यो रेडियोएक्टिभ क्याप्सुल निकै सानो रहेको बताइएको छ । यसको बाहिरी खोलमा थोरै मात्रामा रेडियोएक्टिभ सिजियम-१३७ हुन्छ, जसले छोएमा गम्भीर रोग निम्त्याउन सक्छ। यो जनवरीको मध्यमा न्यूम्यान शहर र पर्थ शहरको बीचमा १४ सय किलोमिटरको दूरीमा हराएको थियो।

अस्ट्रेलिया सरकारले नागरिकहरूलाई क्याप्सुल देखेमा त्यसबाट टाढा रहन चेतावनी दिएको छ। अष्ट्रेलिया सरकारले यस्तो संदिग्ध वस्तु देख्ने जो कोहीले सरकारी निकायमा खबर गर्न भनेको छ। सरकारले यदि कोही त्यसको सम्पर्कमा आएको भए तुरुन्त हस्पिटल वा डाक्टरको सम्पर्कमा जान अनुरोध गरेको छ ।

रिपोर्टका अनुसार रेडियोधर्मी क्याप्सुल  पिलबरा क्षेत्रको न्यूम्यानको उत्तरमा रहेको खानी साइटबाट पर्थतर्फ लगिएको थियो। त्यही क्रममा दुर्घटनावश ट्रकबाट तल खसेको थियो । सिजियम-१३७ सामान्यतया खनन कार्यहरूमा प्रयोग हुने पदार्थ हो। आगो र आपतकालीन सेवा विभाग (DFES) ले क्याप्सुललाई हतियारको रूपमा प्रयोग गर्न सकिँदैन, तर विकिरण छोड्न सक्छ र क्यान्सर जस्ता अन्य दीर्घकालीन जोखिमहरू हुन सक्ने बताएको छ।

रेडियोधर्मी पदार्थको सम्पर्कमा आउने डर : 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्थका प्रमुख स्वास्थ्य अधिकारी र रेडियोलोजिकल काउन्सिलका अध्यक्ष डाक्टर एन्ड्रयू रोबर्टसनले भन्छन्, “उक्त वस्तुले पर्याप्त मात्रामा विकिरण उत्सर्जन गर्छ। हाम्रो चिन्ता भनेको  खसेको बस्तु के हो भन्ने थाहा नपाई कसैले यसलाई उठाउन सक्छ। उनीहरूले यो चाखलाग्दो कुरा हो भन्ने सोच्न सक्छन् र यसलाई आफ्नो कोठामा राख्न सक्छन्, आफ्नो कारमा राख्न सक्छन्, वा कसैलाई दिन सक्छन्।”

DFES ले हराएको रेडियोएक्टिभ क्याप्सुलको तस्वीर जारी गरेको छ। यो क्याप्सुलको साइज ६ एमएम बाइ ८ एमएम रहेको उनले बताए । ट्रकमा लोड गर्ने ठाउँ र कहाँ पुग्ने भन्नेबारे जाँच गरिएको छ । खोजी क्षेत्रलाई साँघुरो बनाउनका लागि अहिले सही मार्ग र स्टपहरू पत्ता लगाउन प्रयास भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com