अमेरिकाको क्यालिफोर्नियामा फेरि गोली चल्यो, ३ जनाको घटनास्थलमै मृत्यु, चार घाइते


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन् ।

घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ । लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेको थियो । सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो । त्यस्तै सडकमा हिँडीरहेका अरु चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ । लस एञ्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो । छ दिन अघि एक रेष्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो । त्यसपछि गत सोमबार मात्र पनि अर्काे प्रहारमा परेर मानिसको ज्यान गएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com