दुबई जाने उडानमा जन्मियो बच्चा, के विमानमा जन्मेका बच्चाले जीवनभर निशुल्क टिकट पाउँछन्?


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

white and red passenger plane in the sky

टोकियोबाट दुबई जाने रातिको १२ घण्टाको उडानका क्रममा इमिरेट्स एढरलाइन्सकी एक यात्रुले बीचमै बच्चा जन्माएकी छन् । यात्रुलाई उडानमा विमानका कर्मचारीले सहयोग गरेका थिए ।

बच्चा जन्मिएपनि विमानमा दुबईमा नियमित अवतरण नै गरेको थियो । विमान स्थानीय समय अनुसार बिहान ५ बजेर ४४ मिनेटमा अवतरण भएको थियो ।

यात्रु र बच्चा स्थिर अवस्थामा थिए र दुबई आइपुगेपछि स्थानीय मेडिकल स्टाफले भेटेका थिए। चालक दल र यात्रुहरूको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको इमिरेट्सले जनाएको छ ।

इमिरेट्सको स्वास्थ्य नीति अनुशार गर्भवती यात्रुहरूले गर्भावस्थाको २९ औं हप्तासम्म इमिरेट्स उडानहरू बुक गर्न सक्छन्, जबसम्म उनीहरूलाई जटिलता वा चिकित्सा चिन्ताहरू छैन । २९ औं हप्ता पछि यात्रा गर्न चाहने यात्रुहरूले एक चिकित्सा प्रमाणपत्र ल्याउन आवश्यक हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी नीतिहरूका कारण विमानमा जन्मने घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छ । तर उडानको बीचमा बच्चा जन्मेको यो पहिलो पटक भने होइन। गत वर्ष युनाइटेड एयरलाइन्सको एक विमानमा निर्धारित मिति भन्दा केही हप्ता अघि एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएपछि समाचार चर्चामा आएको थियो।

woman in white long sleeve shirt

गर्भवती महिलालाई विमानमा यात्रा गर्न अनुमति छ ?

यसबारेमा फरक फरक एयरलाइन्सका फरक फरक नीति छन् । उदाहरणका लागि साउथवेस्ट एयरलाइन्सले गर्भावस्थाको ३७ हप्तापछि सकभर हवाई यात्रा नगर्न सिफारिस गर्छ। तर स्पष्ट रूपमा निषेध भने गर्दैन ।

डेल्टाले गर्भवतीका लागि उडान प्रतिबन्धित गर्दैन, त्यसैले यात्रा गर्न कुनै प्रमाणपत्र आवश्यक पर्दैन।

फ्रन्टियर र युनाइटेडमा गर्भवती यात्रुहरूले गर्भावस्थाको ३५ हप्तापछि यात्रा गर्दा मेडिकल प्रमाणपत्र प्रदान गर्न आवश्यक छ। युनाइटेडले प्रस्थान गर्नुभन्दा ७२ घण्टाभित्रको प्रसूति चिकित्सकको प्रमाणपत्रको दुई प्रति पनि माग्छ।

अमेरिकी एयरलाइन्सले बच्चा जन्मिन निर्धारित मिति उडानको चार हप्ता भित्र छ यात्रु उडान गर्न योग्य छ भनेर डाक्टरको नोट ल्याउन सिफारिस गर्छ । त्यसैगरी जेटब्लुले यात्राको सात दिनभित्र जन्म दिने गर्भवती यात्रुहरूलाई यात्राको ७२ घण्टाभित्रको डाक्टरको प्रमाणपत्र पेश गर्न आवश्यक छ, जसमा यात्रु उडानका लागि उपयुक्त भएको उल्लेख हुनुपर्छ ।

person holding baby feet

विमानमा बच्चा जन्मियो भने विमानका कर्मचारीहरु के गर्छन् ?

गर्भवती यात्रुले डाक्टरको प्रमाणपत्रका साथ वा विना यात्रा गर्ने क्रममा बच्चा जन्माएमा विमानका कर्मचारीहले उनीहरुलाई सहयोग गर्छन् । विशेष गरी कर्मचारीहरु बच्चाहरू जन्माउने महिलालाई सहयोग गर्न प्रशिक्षित हुदैनन् । त्यसैले पहिलो चरण सामान्यतया यात्रुहरूसँग विमानमा चिकित्सा पेशेवरहरू छन् भए नभएको सोध्छन् ।

फ्रन्टियर एयरलाइन्सको उडानमा जन्मेको बच्चाको मामलामा विमानमा कुनै चिकित्सा कर्मचारीहरू भेटिएनन् । त्यसैले उडान परिचारकले आमालाई सहयोग गरेका थिए ।

एयरलाइनले यी अवस्थाहरूलाई केसका आधारमा ह्यान्डल गर्छन् । डाइभर्सन आवश्यक भएन नभउको वा योजना अनुसार उडान जारी राख्न आवश्यक भएको बारे निर्णय गर्छन् ।

के जुन देशको आकाशमा बच्चा जन्मियो त्यही देशको नागरिक हुन्छ ?

यो प्रश्नको पनि जवाफ एउटै छैन । कुन देशमाथिको आकाश हो, त्यही देशको नीति र कानुनमा भरपर्छ । कतिपय देशहरुले आफ्नो देशमाथिको आकाशमा जन्मिएको बच्चालाई उक्त देशको नागरिकता प्राप्त गर्न अनुमति दिन्छन् । कतिपयले दिदैनन् ।

सामान्यतया यदि बच्चा समुद्रमाथिको आकाशमा जन्मिएको छ भने त्यहाँ धेरै कानुनी सम्भावनाहरू हुन्छन् । कतिपय देशको कानुन अनुशार बच्चा विमान दर्ता भएको देशको नागरिकपनि हुनसक्छ । यदि विमान नर्वेमा दर्ता गरिएको छ भने बच्चा नर्वेजियन हुन सक्छ।

दोस्रो सम्भावना बच्चाले अभिभावक जुन देशका हुन्, त्यही देशको नागरिकता लिन्छ, त्यसैले यदि अभिभावक इटालियन हो भने, बच्चा पनि इटालियन हुन सक्छ।

कतिपय देशहरूले आ आफ्नो सिमानाभन्दा माथि ४३ देखि ९९ माइलसम्मको एयरस्पेसको विमानमा जन्मिएको बच्चा उक्त देशको नागरिक हुनसक्ने नियम बनाएका छन् । केही देशहरूले आकाशमा जन्मेका बच्चाहरूलाई नागरिकता दिएपनि केहीले दिदैनन् ।

नवजात शिशुका विदेशी बाबुआमा भए पनि अमेरिकाले आफ्नो वायुक्षेत्रमा जन्मेका बच्चाहरूलाई नागरिकता प्रदान गर्दछ जबकि ब्रिटिश वायुक्षेत्रमा जन्मेका बच्चाहरूलाई युनाइटेड किंगडमको नागरिकता दिइँदैन।

के विमानमा जन्मेका बच्चाले जीवनभर निशुल्क उडानका लासग टिकट पाउँछन्?

यो पनि विमानको नीति र घोषणामा भरपर्छ । कतिपय विमानले आफ्नो विमानमा जन्मेका बच्चाका लागि विभिन्न अफरहरु घोषणा गर्दै आएका छन् । इजिप्ट एयरमा जन्मेको बच्चालाई जीवनभर निशुल्क टिकट दिने घोषणा उक्त एयरलाइन्सले गरेको थियो । सन् २०२० मा लण्डनबाट कायरो जाने क्रममा विमानमा बच्चा जन्मिएको थियो ।

त्यस्तै सन् २०१७ मा जेट एयरवेजको विमानमा उडानमा जन्मेको बच्चाले पनि यात्रा पास प्राप्त गरेको थियो । तर सन् २०२० को जुनमा इमिरेट्सको उडानमा जन्मेको बच्चालाई उक्त एयरलाइन्सले कुनै सुविधा प्रस्ताव गरेको थिएन ।

थाई एयरवेज, एशिया प्यासिफिक एयरलाइन्स, एयरएसिया र पोलार एयरलाइन्सले आफ्नो विमानमा जन्मेका बच्चालाई जीवनभर निशुल्क टिकट दिएका छन् । भर्जिन एट्लान्टिकले २१ वर्षको उमेरसम्म एउटा बच्चालाई निशुल्क उडान टिकट प्रदान गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com