न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् ।

व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत् आपूर्ति हुन सकेन । यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जीनजीवन कष्टकर पारेको छ । राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्याण्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने बताएको छ ।

अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् । सुरक्षा बल अहोरात्र उद्धारमा खटेका छन् । स्थिति अझै सामान्य बनेको छैन । केही स्थानमा बाढीले अकल्पनीय विनाश गरेको छ । प्रधानमन्त्री क्रिस हिप्किन्सले देशको सबैभन्दा ठूलो नगर अकल्याण्डमा धेरै क्षति भएको शनिबार पत्रकारहरूलाई जानकारी दिनुभयो । लामो समयको अन्तरालमा देशमा मुसलधारे वर्षा भएको बताउँदै उहाँले क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जानकारी पनि दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com