भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो (तस्वीरहरु)


प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ ।

भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।

समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौं अन्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो ।

सन् १९५० मा भारतको संविधान लागू भएको थियो ।

कार्यक्रमको शिलशिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए । कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रङ्गीचङ्गी झाँकीहरूको शृङ्खला प्रस्तुत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(तस्वीर : एपी)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com