बाइडेनका मन्त्री मेयरकासविरुद्ध महाभियोग लगाउने प्रतिनिभिसभामा रिपब्लिकनहरुको तयारी


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका वरिष्ठ रिपब्लिकन सांसदहरु होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासविरुद्ध महाभियोग मुद्दा निर्माण गर्न द्रुत गतिमा अघि बढिरहेका छन् । उनीहरूले बाइडेनका मन्त्री मेयरकासविरुद्ध दुर्लभ महाभियोग प्रक्रिया सुरु गर्नेबारे गम्भिरतापूर्वक विचार गरिरहेका छन् ।

यो योजनाले मध्यमार्गी रिपब्लिकनहरुबाट तीव्र प्रतिक्रिया उत्पन्न गर्नसक्ने देखिएको छ । प्रमुख समितिका अध्यक्षहरूले दक्षिणी सिमानाका समस्याहरुबारे सुनुवाइ गर्ने तयारी गरिसकेका छन्, जुन रिपब्लिकनहरूले मेयरकासविरुद्ध महाभियोग अनुसन्धानको प्रस्तावनाको रूपमा काम गर्न सक्ने बताएका छन्।

प्रतिनिधिसभाका तीन समितिहरू पर्यवेक्षण, होमल्याण्ड सुरक्षा र न्यायपालिकाले चाँडै आप्रवासीहरूको आगमन र सीमामा सुरक्षा चिन्ताहरूको बारेमा सुनुवाइ गर्ने भएका छन् । रिपब्लिकन सम्मेलनभित्र सहमति भएको देखिएमा महाभियोग प्रस्तावमा अधिकार क्षेत्र हुने संसदको न्यायिक समिति औपचारिक कार्यवाही अगाडि बढ्न तयार रहेको जनाइएको छ ।

white concrete building under cloudy sky during daytime

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरुले पेश गरिएको पहिलो महाभियोग प्रस्तावले पहिले नै समर्थन प्राप्त गरिसकेको छ । रिपब्लिकन नेतृत्व टोलीका सदस्यहरुले पनि यसमा समर्थन गरेका छन् । पहिलो न्यायिक समितिको सुनुवाइ यही महिनाको अन्त्यमा वा फेब्रुअरीको सुरुमा आउन सक्ने जनाइएको छ ।

एक शीर्ष अध्यक्षले पहिले नै यस कदमको समर्थन गरिरहेका छन् । यसबाट राष्ट्रपति जो बाइडेनका मन्त्रीलाई महाभियोग लगाउने विचार कसरी सम्मेलनको मूलधारमा सरेको छ भन्ने संकेत देखिएको छ ।

मन्त्रीलाई महाभियोग लगाउनु अत्यन्तै दुर्लभ मानिन्छ, जुन अमेरिकी इतिहासमा एक पटक मात्र भएको थियो । जब युद्धमन्त्री विलियम बेल्कनापलाई १८७६ मा सिनेटबाट निर्दोष सावित हुनु अघि सदनले महाभियोग लगाएको थियो। यद्यपि यो अहिले एकदमै वास्तविक सम्भावना हो। किनभने प्रनिधिसभाका स्पीकर रिपब्लिकन सांसद केभिन म्याकार्थीले मेयरकासलाई राजीनामा गर्न वा सम्भावित महाभियोग प्रक्रियाको सामना गर्न आह्वान गरेका छन् ।

मेयोर्कासले पछाडी हटेको कुनै संकेत दिएका छैनन् । यो अवस्थामा रिपब्लिकन सांसदहरूले उनीहरू अगाडि बढ्न तयार रहेको संकेत दिएका छन् । दक्षिणी सीमाको व्यवस्थापनमा असक्षम भएको भन्दै रिपब्लिकनले यसलाई उच्च अपराध र दुष्कर्म भन्दै महाभियोगको तयारी गरेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com