के तपाईलाई थाहा छ ? अमेरिकाको शिकागो नदी यसकारण पछाडि बग्छ!


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

१९ औं शताब्दीको दोस्रो आधामा अमेरिकाको शिकागो विश्वको सबैभन्दा छिटो जनसंख्या बृद्धि हुने सहरहरू मध्ये एक थियो। सन् १८७० मा यो २ लाख ९९ हजार मानिसहरूको घर थियो र शताब्दीको अन्त्यमा १७ लाखको घर थियो ।

तर त्यो जनसंख्या बृद्धिसँगै हैजा र टाइफाइड जस्ता पानीजन्य रोगहरू सहित दुर्भाग्यपूर्ण साइड इफेक्टहरू आए। समस्या यो थियो कि सहरको ढल शिकागो नदीमा गयो, जुन शहरको पिउने पानीको स्रोत मिशिगन तालमा खस्थ्यो ।

त्यसैले शिकागोले सबैको लागि समस्या समाधान गर्न शहरको ढल प्रणालीको डिजाइनर इन्जिनियर एलिस एस चेसब्रोलाई ल्याएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा चेसब्रोले कम प्रदूषित पानी तान्नको लागि मिशिगन तालको ६० फिट तल २ माइल लामो सुरुङ डिजाइन गरे । दुर्भाग्यवश पानीको स्रोतलाई प्रदूषित हुनको लागि मुख्य दोषी भारी वर्षा थियो, त्यसैले चेसब्रोले अर्को समाधान खोजे ।

यदि सहरको नदी मिशिगन तालमा नखसेर मिसिसिपी नदिमा गएको खण्डमा शिकागोको पानी समस्या समाधान हुनेछ। शिकागोको पश्चिममा रहेको उपमहाद्वीपीय विभाजनले नदीलाई ताल तिर बगाएको थियो । यदि ताल र नदी दुवै भन्दा तल खाल्डो खनेमा गुरुत्वाकर्षणले पानीलाई फरक दिेशामा लैजान्थ्यो ।

कामदारहरूले १९८२ मा शिकागो नदीलाई उल्ट्याउनको लागि श्रमिक प्रक्रिया सुरु गरे। आठ वर्षको खन्ने काम पछि शिकागोले सन् १९०० को जनवरी २ मा अन्तिम बाँध उडायो। र नदी पछाडितिर बग्न थाल्यो ।

चेसब्रोले कहिल्यै यो अविश्वसनीय घटना देख्न पाएनन् । किनभने उनको सन् १९८६ मा मृत्यु भयो । तर उनको ईन्जिनियरिङ्को उपलब्धि र महत्वाकांक्षी योजनाले शहरको २० औं शताब्दी र त्यसपछिको समृद्ध भविष्य सुरक्षित गर्यो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com