मेरिल्याण्ड राज्यसंसदमा दोश्रोपटक जितेर इतिहास रचेका भण्डारीबाट भागवत गीता छोएर सपथग्रहण


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

मेरिल्याण्ड राज्यसंसदमा दोश्रोपटक पनि जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथग्रहण गरेका छन् । भण्डारीले बुधबार दिउसो भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मेरील्याण्डको राज्य सांसद पदको सपथ लिएका हुन् ।

भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए । आफूले सबै धर्मको सम्मान गर्ने र आफ्नो धर्मलाई माया गर्ने बताउँदै भण्डारीले हिन्दुहरुको धार्मिक ग्रन्थ बेदलाई साक्षी राखेर सपथ लिएका थिए ।

बुधबार भागवत गीतालाई छोएर सपथ लिनु अगाडि भण्डारीले भने – ‘४ वर्ष पहिले वेद लिएर सपथ लिएको सम्झिरहेको छु । हामीलाई नेपाल र नेपाली भन्ने परिचय दिने हाम्रा पुस्ताहरुलाई सम्झिरहेछु । बितेको ४ वर्षमा हाम्रो समुदायलाई गर्न सकेका उपलब्धि सम्झिरहेको छु । भोलि दिउँसो भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मैले हाम्रा सन्ततिको नाममा मध्यान्न १२ बजे मेरील्याण्डको संम्सद पदको पुन सपथ लिदैछु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पवित्र ग्रन्थले सेवाको मूल्यहरूको प्रतीकको रुपमा आफ्नो हृदयमा विशेष स्थान रहेको र आफ्नो समुदायलाई निरन्तर अभिप्रेरित गरिरहने भण्डारीले विश्वास व्यक्त गरे ।

सपथग्रहणपछि भण्डारीले भने – ‘म मेरील्याण्ड एसेम्बलीको सदस्यको रूपमा शपथ लिएको घोषणा गर्न पाउँदा उत्साहित छु। यो ठूलो सम्मान हो र मेरो डिस्ट्रिक्ट र तपाईंहरू प्रत्येकले ममाथि राखेको विश्वासको लागि म आभारी छु।’

‘तपाईको प्रतिनिधिको रूपमा, म हाम्रो समुदायको तर्फबाट कडा परिश्रम गर्न र तपाईका लागि सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूको लागि लड्न प्रतिबद्ध छु। मिलेर काम गरेर आफ्नो डिस्ट्रिक्ट र राजयलाई सबैका लागि राम्रो ठाउँ बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ,’ भण्डारीले भने ।

भण्डारीले थपे – ‘अभियानभरि सहयोग गर्नुभएकोमा म तपाईंहरू प्रत्येकलाई धन्यवाद दिन चाहन्छु । म एसेम्बलीमा तपाईंको प्रतिनिधिको रूपमा तपाईंसँग काम गरिरहने अपेक्षा गर्दछु।’

गत नोभेम्बरमा भण्डारी मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित भएका हुन् । कूल १९,७०२ मत ल्याई भण्डारी पहिलो निर्वाचित विधायक बनेका हुन् ।  १ लाख ३० हजार जनसंख्या रहेको यो डिस्ट्रिक्टमा मतदान गर्न योग्य जनसंख्या १ लाख २ हजारभन्दा धेरै छ ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा टिचर फर डेलिगेट भन्ने नारा अगाडि सारेका थिए ।

नेपालमा नै सरकारी स्कुल र सरकारी विश्वविद्यालयमा पढेर अमेरिका आएका पर्वतका भण्डारी २०११ मा अमेरिकन नागरिक बनेका हुन् । नेपालमा १३ वर्ष शिक्षक पेशामा रहेर काम गरेका उनले पछि अमेरिकामा पनि अध्यापन पेशा नै रोजे ।

नेपाली अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण शीर्षकमा शोध गर्दै भण्डारीले सन् २०२१ मा अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्डबाट पीएचडी गरेका थिए ।

सन् २००५ अक्टोबरमा अमेरिका आएका भण्डारी अमेरिका आप्रवासमा आएको पहिलो पुस्ताले गर्ने प्रारमिभ्क संघर्षका विभिन्न चरण पार गर्दै अगाडि बढे। उनी अमेरिका आएर नेपाली अमेरिकी भएपछि यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने मान्यताको वीउ रोप्ने अगुवामध्येमा पर्छन्। उनले त्यही बीउ उमारेर सबैले देख्ने गरी सम्भावनाको विरूवा हुर्काइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com