अमेरिकाको कोलोराडोमा नेपालीको गोली हानी हत्या गर्ने संदीग्ध नाटकीय रुपमा इन्डियानामा पक्राउ


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

अमेरिकाको कोलोराडोमा बिहिबार राती एकजना अश्वेत बन्दुधकारीले ५३ बर्षीय नेपाली भेषराज लामिछानेलाई गोली हानेर हत्या गरेको केहीबेरमा नै प्रहरी घटनास्थलमा पुगेको थियो । राती ८ बजेतिर ९११ मा स्टोरमा भएको घटनाबारे प्रहरीले जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले हत्यारालाई भने पक्राउ गर्न सकेको थिएन ।

स्व. भेषराज लामिछाने । नेपालमा तनहु जिल्ला घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए।

ह्वीटरिज कोलोराडोको कन्भिनियन्स स्टोरमा पुग्दा प्रहरीले भेषराज लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो । घटनास्थलमा कुनै संदिग्ध व्यक्ति थिएन।

सदीग्धले लामिछानेलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो । भिडियोमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो । लामिछाने उक्त स्टोरका संचालक समेत हुन् ।

संदीग्धले लामिछानेलाई गोली हानेपछि उनकै निशान गाडीमा भागेको थियो ।

यद्यपी कोलोराडो प्रहरीले शुक्रबार विहानसम्म संदीग्धलाई पक्राउ गर्न सकेको थिएन । यद्यपी बी अन द लुकआउट नामको एक राष्ट्रव्यापी अर्ल सबै कानून प्रवर्तन एजेन्सीहरूलाई जारी गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार विहान इन्डियानामा प्रहरीका अधिकारी टु्रपर फुल्टनले विहान १० बजेर २३ मिनेटतिर आई ६४ हाइवेनेर गस्ती गरिरहेका थिए । त्यतीबेला उनले खैरो रंगको २०१५ को निशान गाडी प्रतिघण्टा ८६ माइलको गतिमा हुइकिरहेको देखे ।

ओभर स्पीड भएका कारण  फुल्टनले उक्त गाडी रोक्ने प्रयास गरेका थिए । उनलाई त्यसमा कोलोराडो हत्यामा संलग्न व्यक्ति भएको थाहा थिएन । तर चालकले उक्त गाडीको गति अझ तीब्र बनाएर पूर्वी भागतिर हुइकाएको थियो । त्यसपछि एसआर १६५ उत्तरतिर र सीआर १००० दक्षिणतिर गाडी हुइकाएको थियो । त्यतीबेला गाडीको गति प्रतिघण्टा ९० माइल रहेको थियो ।

त्यसपछि गाडी अनियन्त्रित हुन पुगेको थियो । गाडीले दक्षिणतिरबा बाटो छाडेको थियो । गाडी धेरैपटक पल्टा खाएपछि एउटा खुला चौरमा आएर रोकिएको थियो । चालक घाइते भएको थिएन भने हिराशतमा लिइएको थियो ।

संदीग्धले चलाएको गाडी अनियन्त्रित भएपछि यस्तो अवस्थामा पुगेको थियो ।

इन्डियाना प्रहरीलाई यतीबेलासम्म उक्त चालक कोलोराडोमा गोली चलाएर भेषराज लामिछानेको हत्या गर्ने संदीग्ध भएकोबारे थाहा थिएन । प्रहरीले निशान गाडीको दर्ता हेर्दा गाडी कोलोराडोको ह्वीटरिजमा चोरी भएको रिपोर्ट गरिएको थियो भने चालक बिहिबारको गोलीकाण्डमा संलग्न भएको संदीग्ध रहेको थियो ।

गाडी भेषराज लामिछानेको भएको पत्ता लागेपछिमात्र इन्डियाना प्रहरीले खोज्दै जाँदा संदीग्धका बारेमा थाहा पाएको थियो ।

इन्डियाना राज्यप्रहरीले पछिमात्र उक्त व्यक्ति २६ बर्षीय शावनाथन डिएन्जेलो चान्स रहेको र कोलोराडोमा हत्याको संदीग्ध भएको थाहा पाएको जनाएको छ । आक्रमणकारी नर्थ क्यारोलिनाको भएको जनाइएको छ । इन्डियाना प्रहरीलाई प्राप्त जानकारी अनुशार संदीग्धलाई पक्राउ गरेर पोसे काउन्टी जेलमा राखिएको थियो ।

कोलोराडोका अधिकारीहरुलाई हस्तान्तरण गर्नु अगाडि उसलाई विना जमानत उक्त काउन्टी जेलमा राखिएको थियो । सुरुमा संदीग्ध शावनाथन डिएन्जेलो चान्सलाई ४ अभियोगहरु लगाइएको छ । कोलोराडोमा हत्या, इन्डियानामा प्रहरी अधिकारीको प्रतिरोध, गाडी चोरी र लापरवाही ड्राइभिङको अभियोग लगाइएको प्रहरीको भनाई छ ।

कभर फोटो : संदीग्ध आक्रमणकारी शावनाथन डिएन्जेलो चान्स/इन्डियाना स्टेट पुलिस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com