मास्टर सेफ साह भन्छन्- ‘व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छ’


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ)मा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उहाँले नेपाली परिकारको प्रवद्र्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रष्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रतियोगिताका उत्कृष्ट मेनुलाई विशेष कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालालाई बोलाएर विद्यार्थी सेफले पस्केको खानो प्रवर्द्धन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आतिथ्य पर्यटन हस्पिटालिटी टुरिजमका विद्यार्थीमार्फत् नेपाली परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’ आयोजना गरिएको हो ।

प्रतियोगितामा पाटामा आबद्ध होटल व्यवस्थापनसम्बन्धी शैक्षिक संस्थाबाट विभिन्न पाँच कलेजका १० जना सेफ विद्यार्थी प्रतियोगि सहभागी थिए । प्रतियोगितामा ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेश(गेट) कलेज प्रथम भएको छ भने नाथम द्वितीय र इटहरीको प्रिमियर होटेल स्कुल तृतीय भएका छन् ।

पाटाको ‘युथ ट्यालेन्ट क्वेस्ट’को पाँचाँै संस्करणअन्तर्गत भएको सेफ प्रतियोगिताको मास्टर सेफ सन्तोष साह, सेफ जितेन प्रधान र सेफ जितेन हुमागार्इं निर्णायक मण्डलले सहभागी विद्यार्थीका पाक कला र दक्षता मूल्याङ्कन गर्नुभएको थियो ।

पाटा नेपालले हरेक वर्ष युथ ट्यालेन्ट क्वेस्ट आयोजना गर्दै आएको छ । यसमा मुख्य पाँच प्रतियोगिता हुन्छन् । सेफ प्रतियोगिता, ‘पब्लिक स्पिकिङ’ फुटसल, ‘कन्टेन्ट राइटिङ’ प्रतियोगिता हुने पाटा नेपालले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com