कुवेतमा दुई नेपाली चेली आफुहरु बेचिएको भन्दै उद्धारका लागी आग्रह


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

हरिकृष्ण पन्थी

कुवेतमा दुई नेपाली चेलीहरुले आफुहरु दलालबाट बेचिएको भन्दै उद्धारका लागी आग्रह गरेका छन् । उनिहरुलाई झापा बिर्तामोडका भक्त बहादुर बिष्टले झण्डै तिन महिना अघि भारतको बाटो हुँदै दिल्लीबाट कुवेत पठाएको खुल्न आएको छ ।

उनिहरुलाइ बिष्टले दिल्लीबाट कुवेतको Kuwait hawalli bin khaldoon street, Al-Malham Comp-Mezzanine, Office no- 21मा रहेको Abdul Hamid Abdullah Office AL- SAFRAN Domestic helper नामक कम्पनीमा पठाएको रहस्य खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुलाइ सोही कम्पनीले घरेलु कामदारको रुपमा घरको काममा सप्लाइ गरेको र उक्त घरमा मालिकबाट उनिहरुमाथी दुब्र्यावहार भएपछि उक्त घरमा काम नगर्ने निधो गरि आफुहरुलाइ फिर्ता बोलाउन आग्रह गर्दा कम्पनीले तिन लाख रुपैया तिरेर मात्र फिर्ता हुन पाउने बताएपछी उनिहरुले आफुहरु बेचिएको थाहा पाएको खसोखासलाई बताएका छन् ।

उनिहरुले खसोखासलाइ भने, यहाँ हामीलाइ फोनमा समेत बोल्न दिइँदैन । फोन रिचार्ज गर्ने पैसापनि छैन , हामिसँग भएको केहि पैसा पनि कम्पनिको दिदिले खोसेर लगिन ।

त्यसरी साथमा रहेको पैसा खोस्ने अनि बेला बेला उनिहरुलाइ काममा दायाँ बायाँ गर्ने वा भागेमा तिमीहरुको हालत खराब गरिदिने भन्दै धम्कि दिने नेपाली महिला बिनु मगर भएको पिडीतले बताएका छन् ।उनको ठेगाना भने खुल्न सकेको छैन ।
बिनु मगरले उनिहरुलाई अपशब्दहरु प्रयोग गरेर मनलाग्दी गालि गलौज गर्ने गरेको उनिहरु बताउँछन ।

उनिहरुले जीवन नारकीय बन्दै गैरहेको र आफुहरुको उद्धारका लागि आवश्यक पहल गरिदिन खसोखास मार्फत आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com