अब शरणार्थी/एसाइलीले परिवारका लागि आवेदन टेक्सास सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने


प्रकाशित मिति : पुस २०, २०७९ बुधबार

अब अमेरिकामा शरणार्थी वा एसाइली रहेकाहरुले परिवारका लागि आवेदन आई ७३० टेक्सास सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने भएको छ । यस अगाडि आवेदक बस्ने राज्यका आधारमा टेक्सास सर्भिस सेन्टर वा नेब्रास्का सर्भिस सेन्टरमा पठाउनुपर्ने प्रावधान रहेको थियो ।

अबदेखि भने आवेदन आई ७३० नेब्रास्का सर्भिस सेन्टरमा नपठाउन युएससीआईएसले सुझाव दिएको छ । बढ्दो इलेक्ट्रोनिक वातावरणमा कार्यभारलाई सुव्यवस्थित गर्न फारम आई ७३० को लागि फाइल गर्ने स्थान परिवर्तन गरेको युएससीआईएसले जनाएको छ ।

यो परिवर्तन जनवरी १, २०२३ देखि लागु भएको छ । फारम ७३० को लागि सबै प्रक्रियाहरू र न्यायिक प्रावधानहरुमा भने कुनै परिवर्तन भएको छैन । केवल फाइल गर्ने स्थान मात्र परिवर्तन भएको छ।

नेब्रास्का सर्भिस सेन्टरमा पठाइएका फाइलहरूको लागि ३० दिनको अनुग्रह अवधि प्रदान गरिएको छ । युएससीआईएसले तिनीहरूलाई टेक्सास सर्भिस सेन्टरमा फर्वार्ड गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर जनवरी ३१, २०२३ नेब्रास्का सर्भिस सेन्टरमा पठाइएको कुनै पनि फारम आई ७३० सिधै अस्वीकार गर्ने युएससीआईएसले प्रष्ट पारेको छ । आई ७३० आवेदन दिंदा आवेदनमा रहेका प्रत्येक परिवारको सदस्यको लागि एक पासपोर्ट शैलीको फोटो आवश्यक रहेको तथा आवश्यक फोटो प्रदान नगरेकोमा युएससीआईएसले प्रमाणको लागि अनुरोध जारी गर्ने जनाएको छ । जसले आवेदन प्रकृयामा ढिलाई हुनेछ ।

इलेक्ट्रोनिक वातावरण तर्फ जाने क्रममा युएससीआईएसले इलेक्ट्रोनिक डाटाबेस प्रणालीहरूमा कागजातहरू स्क्यान र अपलोड गर्न सुरु गरेको छ । ढिलाइबाट बच्न र स्क्यानिङ दक्षता सुधार गर्न युएससीआइएसले कागजी फाइलिङका लागि आवेदकलाई विभिन्न सुझावहरु पनि दिएको छ ।

विगत २ वर्ष भित्र अमेरिकामा आएका शरणार्थी वा विगत २ वर्ष भित्र एसाइलम प्रदान गरिएको मुख्य एसाइली रहेको खण्डमा आई ७३० आवेदन दिएर योग्य दम्पत्ति र २१ वर्ष मुनिका अविवाहित बच्चाहरूका लागि फाइल गर्न सकिन्छ । केही अवस्थामा मानवीय कारणहरूका लागि २ वर्षभित्र आवेदन दिनुपर्ने म्यादमा छुट समेत प्रदान गरिन्छ ।

आवेदन पठाउनुपर्ने नयाँ ठेगाना : 

USCIS Texas Service Center
Attn: I-730
6046 N. Belt Line Rd. Ste. 730
Irving, TX 75038-0019

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com