न्युयोर्क दुर्घटनाका मृतक मनोज थापाको शव नेपाल पठाउन २ दिनमा २० हजार डलरको लक्ष्य पूरा


प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार

न्युयोर्कमा भएको दुर्घटनामा ज्यान गुमाएका कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको शव नेपाल पठाउन गोफण्डमीमा अभियान सुरु गरिएकोमा २ दिनमा २० हजार डलरको लक्ष्य पूरा भएको छ । यो समाचार तयार पार्दासम्म ५५१ जनाले २० हजार ३ सय ४५ डलर सहयोग गरेका छन् ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

उनको शव मेडिकल परीक्षकको कार्यालयमा रहेको र परिवारको आग्रह अनुसार शव नेपाल पठाउनु पर्ने भएकाले गोफण्डमीमार्फत सहयोगका लागि अनुरोध गरिएको गोफण्डमीमा उल्लेख गरिएको थियो । झण्डै ७ बर्षअघि अमेरिकी सपना बोकेर अमेरिकामा आएका थापाका माता,पिता एक बहिनी र एक भाई छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२ सय डलरभन्दा धेरै सहायता गर्नेहरु ।

न्युयोर्क सिटीमा नयाँबर्षको एकदिन अगाडि शनिबार भएको दुर्घटनामा नेपाली उबर चालक ३२ बर्षका मनोज थापाको मृत्यु भएको हो । न्युयोर्क प्रहरीले खसोखासलाई दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो ।

प्रहरी प्रवक्ताका अनुशार शनिबार विहान लगभग १२ बजेर ५८ मिनेटमा प्रहरीले घटनाबारे ९११ मा फोनमार्फत जानकारी प्राप्त भएको थियो । प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीको ठक्करबाट मृत्यु भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । शरीरमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । र ३२ बर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान पनि सार्वजनिक गरेको छ ।

प्रहरी अनुसन्धान अनुशार रातो निसान सेन्ट्रा गाडी एक्सप्रेसवेको दाहिने लेनमा रोकिएको थियो । जब थापाले चलाएको टोयोटा क्यामरी गाडी अगाडि जान जान असफल भएको थियो, त्यतीबेला निसान गाडीको पछाडि थापाले आफ्नो गाडी रोकेका थिए ।

त्यहीबेला एक टोयोटा भेन्जा गाडी दुई रोकिएका गाडीहरूबाट बच्न प्रयास गर्दै अगाडि बढ्न खोज्दा थापाको टोयोटा क्याम्रीको पछाडिको भागमा थोरै छोएको थियो । त्यसपछि थापा गाडीबाट बाहिर निस्किएर आफ्नो गाडीमा भएको क्षतिको मूल्याङ्कन गर्दै थिए ।

त्यही बेला २४ वर्षीय पुरुषद्वारा चलाईएको ब्ल्याक बीएमडब्लु गाडीले ३२ वर्षीय थापालाई हानेको थियो । बीएमडब्लुले हान्दा थापा दुईवटा गाडीको बीचमा हुत्तिएको प्रहरीले जनाएको छ ।

घटनापछि थापालाई ठक्कर दिने २४ बर्षका गाडी चालक घटनास्थलमा नै रहेका थिए । उनलाई चालकलाई सामान्य चोटपटकको लागि घटनास्थलमा उपचार गरिएको थियो तर अस्पताल भने नलगिएको प्रहरीले जनाएको छ ।

अन्य दुई सवारी साधनका चालकहरूलाई लुथरन मेडिकल सेन्टरमा लगेर सामान्य चोटपटकको लागि उपचार गरिएको थियो । घटनामा कुनै अपराधको शंका नगरिएको र कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

मृतक थापा क्वीन्स न्युयोर्कको १९१२ लिन्डेन स्ट्रीट अपार्टमेन्ट २ एलमा बस्दै आएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने थापा कास्की हेम्जाका रहेको उनका साथीले खसोखासलाई जानकारी दिए । घटनाबारे परिवारका सदस्यहरुलाई जानकारी गराइसकिएको छ ।

झण्डै ७ बर्षदेखि अमेरिकामा बस्दै आएका थापा अविवाहित हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com