महानगरले कर बढायो


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

– दामोदर न्यौपाने

श्रावण ४, २०७४- काठमाडौं महानगरपालिकाको महानगर परिषद्ले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर वा यस्तै सवारी साधनको कर बढाएर वार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ । यसअघि दुई सय रुपैयाँ थियो । कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक एक हजार रुपैयाँ पुर्‍याएको छ । गत वर्ष भाडाका सवारीलाई ५ सय र प्राइभेटलाई ३ सय रुपैयाँ थियो । ट्याम्पु, ट्याक्टर वा यस्तै सवारी साधनको पनि एक हजार रुपैयाँ नै पुर्‍याइएको छ । गत आर्थिक वर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।
मिनी बस, मिनी ट्रक वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक दुई हजार रुपैयाँ पुर्‍याइएको छ । गत आर्थिक वर्ष ८ सय रुपैयाँ थियो । ठूला बस, ट्रक वा चार पांग्रे सवारी साधनको वार्षिक तीन हजार रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्ष यस्ता सवारी साधनको २ हजार रुपैयाँ थियो । हेभी गाडी, डोजर, क्रेन वा यस्तै सवारी साधनको वार्षिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्ष यस्ता साधनको ३ हजार रुपैयाँ तिर्नुपथ्र्याे । विद्युतीय ऊर्जाबाट र कृषि कार्यमा सञ्चालन हुने सवारी साधनको हकमा भने तोकिएको दरमा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
पहिला महानगरले २ प्रतिशत मात्रै बहाल कर लिँदै आएकोमा यो आर्थिक वर्षदेखि १२ प्रतिशत लिने भएको छ । पहिला २ प्रतिशत स्थानीय निकायमा र १० प्रतिशत आन्तरिक राजस्व कार्यालयमा तिर्नुपथ्र्याे । ‘आन्तरिक राजस्व कार्यालयले लिने गरेको १० प्रतिशत कर हामीले लिने भएका हौं,’ महानगर राजस्व महाशाखा प्रमुख महेश काफ्ले भन्छन्, ‘धेरै करदातालाई महानगरले बहाल कर बढायो भन्ने भ्रम छ । तर त्यस्तो हैन, अर्काे निकायले उठाउँदै आएको कर अब महानगरले मात्रै उठाउँछ । महानगरको क्षेत्रभित्र पर्ने कर नउठाउन सम्बन्धित निकायमा पत्र पठाइसकेका छौं ।’
यस्तै, विज्ञापन कर पनि बढाइएको छ । नियोन, ग्लो साइन र यस्तै विज्ञापन प्रचार सामग्रीको प्रतिवर्ग फुट एक हजार रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्ष यी प्रचार सामग्रीको प्रतिवर्ग फुट ५ सय रुपैयाँ थियो । फ्लेक्सबाट तयार गरिएको प्रचार सामग्रीमा प्रतिवर्ग फुट ७ सय रुपैयाँ कायम गरेको छ । डिजिटल बोर्डमा गरिने प्रचार सामग्रीमा एक हजार रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्ष ८ सय रुपैयाँ थियो ।
विज्ञापनसम्बन्धी अन्य केही व्यवस्था पनि गरेको छ । भवनको छत र कौसीमा परिचय पाटी वा विज्ञापन सामग्री राख्न नपाउने व्यवस्था गरेको छ । भवनमा झ्याल छोपेर परिचय पाटी वा विज्ञापन राख्न पाइने छैन । बाटोको सिमानादेखि दस फिटभित्र तथा सँधियारको सिमानादेखि ५ फिटभित्र र सार्वजनिक स्थान वा संस्थान वा कार्यालय वा सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँमा विज्ञापन राख्न पनि निषेध गरिएको छ । सार्वजनिक उत्तरदायित्वअन्तर्गत निर्माण भएका कुनै संरचनामा निर्माणकर्ताको नामबाहेक कुनै तस्बिर वा अक्षर लेख्न नपाइने व्यवस्था गरेको छ । त्यस्तो तस्बिर वा अक्षर लेख्न चाहेमा महानगरलाई कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
भवन, जमिन, व्यापारिक वा व्यावसायिक केन्द्र, होटल, रेस्टुरेन्ट, विद्यालय, सिनेमा हल, पेट्रोल पम्प, जुनसुकै भवनको भित्री भागमा विज्ञापन गर्ने प्रयोजनका लागि राखिएका प्रचार सामग्रीमा पनि विज्ञापन कर छुट नदिने निर्णय गरेको छ । सुर्तीजन्य, मदिराजन्य र सरकारले प्रतिबन्ध गरेका तथा काठमाडौं महानगरपालिकाबाट निषेध गरिएका विज्ञापन प्रचारप्रसार गरेमा कारबाही गर्ने नगर परिषद्बाट पारित आर्थिक ऐनमा व्यवस्था छ ।
स्थानीय तहको निर्वाचन भएपछि महानगरको पहिलो परिषद्ले आर्थिक ऐन बनाएर करसम्बन्धी व्यवस्था गरेको हो । नेपालको संविधान २०७२ ले स्थानीय तहको अधिकार सम्पन्न बनाएको छ ।

पार्किङ शुल्क लिने 

काठमाडौं (कास)– काठमाडौंलाई तीन क्षेत्रमा विभाजन गरेर पार्किङ शुल्क लिने निर्णय महानगरले गरेको छ । नि:शुल्क पार्किङ गर्न दिने महानगरको पूर्वनीतिलाई खारेज गर्दै आर्थिक ऐन (२०७४ मा फेरि पार्किङ शुल्क लिने निर्णय गरेको हो । दुई पांग्रे सवारीमा १५ देखि २० रुपैयाँ र चार पांग्रेमा ४० देखि ५० र ६ पांग्रे सवारीमा १ सयदेखि २ सय रुपैयाँसम्म लिने नीति महानगरले पारित गरेको छ ।
महानगरले १ नम्बरमा टेकु पुल उत्तरतिर सोह्रखुट्टे, नयाँ बजार, महाराजगन्ज चोक हुँदै चप्पल कारखानासम्म तोकेको छ । यी क्षेत्रको सार्वजनिक बाटोमा एक घण्टा पार्किङ गरेको दुई पांग्रे सवारी साधनको १५ रुपैयाँ, चार पांग्रेका लागि ४० र ६ पांग्रेका लागि १ सय २० रुपैयाँ तोकिएको छ ।
क्षेत्र नम्बर २ न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टे, विष्णुमती लिंकरोड, टेकु हुँदै त्रिपुरेश्वरसम्म छुट्याएको छ । यी क्षेत्रको सार्वजनिक बाटोमा पार्किङ गरेको दुई पांग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ, चार पांग्रेको प्रतिघण्टा ५० रुपैयाँ, ६ पांग्रे वा त्योभन्दा माथिका लागि २ सय रुपैयाँ तोकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com