५० बर्ष अघि १६ बर्षीयासँग यौनक्रिडा गरेको आरोपमा ७५ बर्षका अमेरिकन गायकविरुद्ध मुद्दा


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

अमेरिकाका चर्चित गायक स्टीभन टायलर विरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरिएको छ । सन् १९७३ मा दशकमा त्यतीबेला १६ बर्षकी रहेकी एक महिलालाई त्यतीबेला २५ बर्षका रहेका टायलरले यौन दुब्र्यबहार गरेको भन्दै ५० बर्षपछि टायलरविरुद्ध मुद्दा दायर गरिएको छ ।

लस एन्जलस सुपीरियर कोर्टमा मंगलबार दायर गरिएको मुद्दामा टायलरको नाम छैन तर वादी जुलिया मिस्लेद्वारा सूचीबद्ध काल्पनिक नामका प्रतिवादीहरू मध्ये पहिलोमा उनको पहिचान गरिएको छ।

मुद्दामा गायक टायलरले मिस्लेलाई सन् १९७३ मा पोर्टल्याण्डमा एक कन्सर्ट पछि भेटेको उल्लेख छ । गायक टायलरका सहयोगीहरूले उनलाई ब्याकस्टेजमा आमन्त्रित गरेपछि उक्त भेट भएको तथा त्यसपछि टायलरले किशोरी र अर्को व्यक्तिलाई शो पछि आफ्नो होटेलको कोठामा लगेको मुद्दामा उल्लेख छ ।

तेश्रो व्यक्तिले होटेल छाडेपछि उनीहरु दुईजनामात्र होटलमा बसेको आरोप लगाइएको छ । कागजातका अनुशार टायलरले किशोरीलाई कति वर्षको भयौ भनेर सोधे को र त्यसपछि आमाबाबु कहाँ छन् र उनी किन रातभर एक्लै बाहिर थिए भनेर समेत सोधेको उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९९६ मा गायक टायलर

कागजातका अनुसार टायलरले त्यो रात किशोरीमाथि आपराधिक यौन आचरणका विभिन्न कार्यहरू गरेको र त्यसपछि भोलिपल्ट बिहान उनलाई ट्याक्सीमा घर पठाएको जनाइएको छ ।

दुबैले शियाटलमा पुन यौन सम्बन्ध राखेको मुद्दामा उल्लेख छ । टायलरले कथित रूपमा उनलाई बारम्बार फोन कलहरू मार्फत पछ्याएको र उनको बारेमा गीत समेत लेखेको बताएको मुद्दामा आरोप छ । किशोरीले हाइस्कुलमा पढाई पूरा गरेपछि टायलरले कथित रूपमा उनलाई बोस्टनको आफ्नो अपार्टमेन्टमा आउनको लागि कुरा गरेको उल्लेख छ । उनले किशोरीलाई यो रोमान्टिक प्रेम सम्बन्ध हो भनी विश्वास दिलाएको मुद्दामा भनिएको छ।

सन् १९७४ मा टायलरले किशोरीकी आमालाई विभिन्न प्रतिज्ञा र प्रलोभन दिएपछि किशोरीको अभिभावक बन्न सफल भएको मुद्दामा उल्लेख छ । गायकले कथित रूपमा उनलाई सहयोग गर्ने, स्कूलमा भर्ना गर्ने र उनलाई चिकित्सा हेरचाह प्रदान गर्ने वाचा गरेका थिए । तर यी प्रतिज्ञाहरूलाई सार्थक रूपमा पालना नगरेको बरु यौन सम्बन्ध राख्न तथा मदिरा र लागूऔषध उपलब्ध गराउन जारी राखेको मुद्दामा उल्लेख छ ।

अर्को वर्ष उनले टायलरको गर्भधारण गरेको तथा किशोरीलाई सन् १९७५ मा गर्भपतन गराउन राजी गराएको मुद्दामा उल्लेख छ । गर्भपतन पछि किशोरी पोर्टल्याण्ड फर्किएर आफ्नो जीवन पुनर्निर्माण गर्न सुरु गरेको जनाइएको छ । त्यहाँ उनले जीईडी गरेर कलेजमा पढाई सुरु गरेको र आफ्नो ईसाई विश्वासमा सक्रिय भएको उल्लेख छ । उनले त्यहाँ विवाह गरेर परिवार सुरु गरेको मुद्दामा उल्लेख छ ।

मिस्लेले आफ्नो कथा २०११ सम्म गोप्य राखेकी थिइन् । गायक टायलरले त्यतीबेला के मेरो टाउकोको आवाजले तपाईलाई डिस्टर्ब गर्छ ? नामको संस्मरण प्रकाशित गरेका थिए जसमा हुलिया हाल्कोमका रुपमा मिस्लेको नाम उल्लेख थियो । टायलरले आफ्नो संस्मरणमा १६ बर्षकी किशोरीसँग प्रेम र रोमान्स गरेको तथा किशोरीका बाबुआमाले आफूलाई जिम्मा लगाएकाले आफू उनीसँग भ्रमणमा निस्केको समेत उल्लेख गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com