प्रचण्डले दौरा सुरूवालमा लिए प्रधानमन्त्री पदको शपथ


प्रकाशित मिति : पुस ११, २०७९ सोमबार

sf7df8f}F, !! k’;M zky lnFb} k|d bfxfn /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg zLtn lgjf;df ;f]daf/ cfof]lht ;df/f]xdf gjlgo’Qm k|wfgdGqL k’iksdn bfxfn …k|r08ÚnfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन्। यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए। उनले पहिलो पटक दौरा सुरूवाल लगाएका हुन्।

आइतबार एमालेसहित सात दलको समर्थनमा राष्ट्रपति कार्यालयले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com