केपी शर्मा ओलीको निवास बालकोटमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

eQmk’/, !) k’; M afnsf]6df cWoIf cf]nL / cWoIf bfxfn g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08ÚcfOtaf/ cf]nL lgjf; afnsf]6df e]6jftf{ ug'{x’Fb} . tl:a/ ;f}hGoM Pdfn] cWoIf cf]nLsf] ;lrjfno÷/f;;

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए।

बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु रिमालले सहमति सकारात्मकउन्मुख भएको बताए। ‘बालकोटमा बैठक जारी छ। सहमति सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने।

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com