५० ठूला अमेरिकी शहरहरूमा घर किन्नको लागि तपाईले कति कमाउन आवश्यक छ ?


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

house, architecture, front yard

मूल्यहरू बढ्दै जाँदा मोर्गेज भुक्तानीहरू पनि उच्च हुन्छन् । तीनबर्षको महामारीपछि घर किन्न ऋणको लागि योग्य हुन पहिले भन्दा धेरै गाह्रो भएको छ। आजका खरिदकर्ताहरुले बढ्दो ब्याज दरको अतिरिक्त धेरै लागत पनि सामना गर्छन्।

हालैको त्रैमासिक रिपोर्टमा अमेरिकाका ५० ठूला महानगरीय क्षेत्रहरूमा औसत मूल्यको घरमा मोर्गेजनका लागि योग्य हुन आवश्यक वार्षिक आम्दानीको औषत सुची तयार पारिएको छ । एकल पारिवारिक घरहरूको तेस्रो त्रैमासिक २०२२ को औषत बिक्री मूल्यहरू हेरेर सुची तयार पारिएको हो ।

२० प्रतिशत डाउन पेमेन्ट, ३० बर्षको एक निश्चित मोर्गेज दर, स्थानीय सम्पत्ति कर र घर मालिकको बीमा लागतहरू लगायत अनुमान गरेर यो सुची तयार पारिएको एचएसएच डटकमले जनाएको छ ।

सुची अनुशार राष्ट्रिय औषत घरको मूल्य ३ लाख ९८ हजार ५ सय रहेको छ । औषत मासिक मोर्गेज २२३३ डलर रहेको छ । घर किन्नका लागि बार्षिक योग्य आम्दानी ९५ हजार ७ सय १७ डलर रहेको छ । अमेरिकामा राष्ट्रिय औषत आम्दानी बार्षिक ७० हजार डलर रहेको छ । जसका कारण अधिकांश घरपरिवार घर किन्न सक्ने क्षमताभन्दा बाहिर परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बार्षिक रुपमा तुलना गर्दा सन् २०२२ को तेश्रो क्वार्टरमा घरको मूल्य अघिल्लोबर्षको सोही अवधिको तुलनामा ९ दशमलव ७५ प्रतिशत बढेको छ । त्यो अगाडिका तीनवटा क्वार्टरको तुलना गर्दा भने अघिल्लो बर्षको तुलनामा १४ दशमलव २५ देखि १६ दशमलव ९१ प्रतिशतसम्म बढेको थियो ।

५० महानगरीय क्षेत्रहरू मध्ये सबैभन्दा सस्तो पेन्सिलभेनियाको पिट्सबर्ग रहेको छ । जहाँ एकपरिवार घरको औषत मूल्य २ लाख १० हजार २ सय ५० रहेको छ भने मासिक मोर्गेज १२ सय ८३ डलर रहेको छ । यहाँ घर किन्न औषतमा बार्षिक आम्दानी ५५ हजार ६ डलर हुनुपर्छ ।

ओक्लाहोमा सिटी र क्लिभल्याण्ड मोर्गेज प्राप्त गर्नको लागि सबैभन्दा कम वार्षिक आय चाहिने महानगरीय क्षेत्रहरूको सूचीमा पिट्सबर्गको ठीक माथि रहेका छन् ।

सान होजे क्यालिफोर्नियामा घरको औषतमूल्य सबैभन्दा धेरै १६ लाख ८८ हजार रहेको छ । जहाँ मासिक मोर्गेज ८ हजार ३ सय ८० रहेको भने मोर्गेजका लागि योग्य हुन बार्षिक आम्दानी औषतमा ३ लाख ५९ हजार १ सय २७ रहेको छ । त्यसपछि सान फ्रान्सिस्को र सान डिएगो रहेका छन् । जहाँ घरको औषत मूल्य १३ लाख र ९ लाख रहेको छ भने मोर्गेज पाउनका लागि बार्षिक आम्दानी औषत २ लाख ८२ हजार र २ लाख १ हजार हुनुपर्छ ।

त्यसपछि क्रमश लस एन्जलस, शियाटल, बोस्टन, न्युयोर्क, डेनभर, वासिंटन र अष्टिन रहेका छन् । जहाँ घरको मूल्य औषत ८ लाख ९३ हजारदेखि ५ लाख ४१ हजार रहेको छ । मोर्गेजका लागि योग्य हुन आम्दानी बार्षिक २ लाखदेखि १ लाख ३६ हजारसम्म हुनुपर्छ । ९४ हजारदेखि १ लाख ३६ हजारसम्म बार्षिक आम्दानी छ भने तपाईले ज्याक्सनभिल, तम्पा, हाटफोर्ड, बाल्टिमोर, ओल्र्याण्डो, डलास, लास भेगास, फिनिक्स, रालेह, प्रोभिडेन्स, सल्ट लेक, सेक्रोमेन्टो, रिभरसाइन सान बर्नान्डिनो, मायामी र पोर्टल्याण्डमा पनि घर आँट्न सक्नुहुनेछ ।

तर ९४ हजारभन्दा कम र ७० हजारभन्दा माथि बार्षिक आम्दानी छ भने शिकागो, मिनापोलिस, नासभिल, ह्युस्टन, फिलाडेल्फिया, शार्लोट, मिलाउकी, रिचमण्ड, सान एन्टोनियो, एटलान्टा, भर्जिनिया बीच, कोलम्बस, कन्सास सिटी, बर्मिंघममा घर आँट्न सक्नुहुनेछ । ७० हजारभन्दा कम र ६० हजारभन्दा माथि बार्षिक आम्दानी हुनेहरुले इन्डियानापोलिस, न्यु ओर्लियान्स, बफेलो, डेट्रोइट, मेम्फिस, सिनसिनाटी, सेन्ट लुइस, लुइभिल, ओक्लाहोमा सिटीमा घर आँटन सक्नुहुनेछ । ६० हजारभन्दा कम आम्दानी हुने र ५५ हजारभन्दा माथि हुनेले क्लीभल्याण्ड र पिट्सबर्गमा घर आँट्न सक्नुहुनेछ ।

५५ हजारभन्दा कम आम्दानी छ भने यी मुख्य ५० सिटीहरुमा घर किन्ने योजना सकभर नबनाउँदा नै बेस होला । तर यो त औषत हिसाब मात्र हो । सस्तो घर पाइयो भने किन्न पछि नपर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com