प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय छ : राष्ट्रपति जेलेन्स्की


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता र विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताउनुभएको छ ।

स्थानीय समयअनुसार बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।”

रूसले युक्रेनमाथि आक्रमण गरेपछि भएको राष्ट्रपति जेलेन्स्कीको पहिलो विदेश भ्रमणका क्रममा उहाँले भन्नुभयो, “अमेरिकी काङ्ग्रेसमा तपाईं र सबै अमेरिकीसँग कुरा गर्न पाउनु ठूलो सम्मानको कुरा हो । सबै बाधाहरू, र विनाश र निराशाको विरुद्ध, युक्रेन पतन भएको छैन ।”

उहाँले भन्नुभयो, “हामीलाई कुनै डर छैन, युक्रेनले आक्रमणको पहिलो चरण जितिसकेको छ । रूसी निरंकुशताले हामीमाथिको नियन्त्रण गुमाइसकेको छ ।”
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटवार्तापछि अमेरिकी संसदका सदस्यहरूलाई सम्बोधन गर्नुभएको हो । भेटवार्तामा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनलाई निरन्तर समर्थन गर्ने आश्वासन दिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने क्रममा युक्रेनमा रूसको युद्धलाई नजरअन्दाज गर्न विश्व निकै अन्तरसम्बन्धित रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो, “समुद्र वा अन्य कुनै कुराले सुरक्षा प्रदान गर्नेछ भन्ने आशामा यो युद्धलाई रोक्न वा स्थगित गर्न सकिँदैन ।”

“संयुक्त राज्य अमेरिकादेखि चीनसम्म, युरोपदेखि ल्याटिन अमेरिकासम्म र हरेक देशबाट अस्ट्रेलियासम्म, संसार यति धेरै अन्तरसम्बन्धित र अन्योन्याश्रित छ कि कसैलाई अलग रहन र यस्तो युद्ध जारी रहँदा पनि अझै सुरक्षित महसुस गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा दुई मुलुक यो लडाइँमा परस्पर सहयोगी छन् र मलाई थाहा छ युक्रेनी साहस र अमेरिकी संकल्पले गर्दा अर्को वर्ष एउटा ‘टर्निङ प्वाइन्ट’ ल्याउनेछ । आफ्नो मूल्यमान्यताको पक्षमा उभिने मानिसको स्वतन्त्रताले हाम्रो साझा स्वतन्त्रताको भविष्यको सुनिश्चितता गर्नुपर्दछ ।”

युक्रेनी जनताका लागि आशाको सन्देश दिँदै उहाँले भन्नुभयो, “रूसीहरूले बाख्मुत जस्ता शहरहरूविरुद्ध ‘सबै कुरा प्रयोग गर्छन्’ तर युक्रेनले ‘कहिल्यै आत्मसमर्पण गर्दैन’।

जेलेन्स्कीले रूसलाई चेतावनी द्यिँदै भन्नुभयो, “रूसीहरूले ‘दिनरात ७० हजार मानिसहरूको शहर कब्जा गरिरहेका छन्, तर बखमुत खडा छ ।”

युद्धको ३०० दिनभन्दा बढी भइसक्दा पनि युक्रेनका सैनिकहरूले आफ्नो देशको रक्षा गरिरहेका छन्, तर उनीहरूलाई युद्धभूमिमा जित्नका लागि थप हतियारको आवश्यकता छ, जेलेन्स्कीले सम्बोधनका क्रममा भन्नुभयो ।

युक्रेन आफ्नो स्वतन्त्रता र अस्तित्वका लागि लडिरहेको बताउँदै जेलेन्स्कीले भन्नुभयो, “ती लक्ष्य हासिल गर्न संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग आवश्यक रहनेछ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले जेलेन्स्कीसँगै एक पत्रकार सम्मेलनमा युक्रेनलाई निरन्तर सहयोग गर्ने आश्वासन दिँदै अमेरिकाले थप १।८ अर्ब अमेरिकी डलरको सहायता प्याकेजअन्तर्गत कीभलाई प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको थियो ।

जेलेन्स्कीले अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै रुसी आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली महत्वपूर्ण रहेको दोहो¥याउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com