३६ बर्षपछि विश्वकप जित्ने सपनाको नजिक अर्जेन्टिना
प्रकाशित मिति : पुस ३, २०७९ आईतबार
Argentina players celebrate after defeating the Netherlands off penalties during the World Cup quarterfinal soccer match between the Netherlands and Argentina, at the Lusail Stadium in Lusail, Qatar, Saturday, Dec. 10, 2022. (AP Photo/Francisco Seco)
फ्रान्सविरुद्धको फाइनल खेलमा पहिलो हाफमा नै दुई गोल गरेको अर्जेन्टिना ३६ बर्षपछि विश्वकप जित्ने सपनाको नजिक पुगेको छ । यस अगाडि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको थियो भने त्योभन्दा अगाडि १९७८ मा जितेको थियो ।
खेलको पहिलो हाफको २१ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको लगत्तै ३५ औं मिनेटमा एन्जेल डि मारियाले दोश्रो गोल गरे ।
३५ बर्षका सुपरस्टार लियोनेल मेस्सीको यसपटकको विश्वकपमा सबैभन्दा छैठौं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेको भन्दा एक गोल बढी हो ।

यसपटकको विश्वकपमा मेस्सीले सातौं खेल खेलिरहेका छन् । आजको खेल विश्वकपका खेलहरुमा उनको २६ औं सहभागिता हो । अब उनले विश्व कप इतिहासमा सबैभन्दा धेरै खेल खेल्नेमा लोथर माथाउसलाई उछिनेर नयाँ कीर्तिमान बनाएका छन् ।
३५ वर्षीय स्टार मेस्सीले खेल अघि यो उनको अन्तिम विश्वकप हुने बताइसकेका छन् । उनले विश्वकप बाहेक सबै प्रमुख क्लब र राष्ट्रिय टोलीको उपाधि जितेका छन्।






