मनाउने हैन त मंसीर तेश्रो शनिबारका लागि घोषणा गरिएको हजुरबाआमा दिवस?


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

– सुरेन उप्रेति

मानिसले धेरै आविष्कार र अनुसन्धानहरू गर्यो । जीवनलाई सहज र सरलबनाउने उपायहरू पत्तालगायो । जंगल र ओढारहरूमा बस्ने मान्छे घरमा बस्न सिक्दा औधी रमायो । जंगलीफलफूल, कन्दमूल र जनवाहरू मारेर खाने गर्दथ्यो । बिस्तारै मान्छेले पोलेर र पकाएर खान जान्यो हर्षको सिमा नै रहेन । स्वाद मिठो लाग्यो । उ तेतीमा मात्र सिमित रहेन । बस्ने घर बनायो । त्यसलाई वातावरण अनुकूलित बनायो । गुड्ने र उड्ने गाडी र जहाजहरू बनायो ।

मानिस जंगली अवस्थामा बस्दा समूहसमूहमा बस्ने गर्दथे । जंगली जनवारहरूबाट बच्न र जनवारहरूलाई शिकार गर्नका लागि पनि समूहमा बस्नु आवश्यक थियो । मानिसहरू विकाश हुनेक्रममा बिभिन्न युगहरू पारगर्दै आए । जनवारहरूलाई मार्ने बटुल्ने कन्दमूलहरू खाने ढुँगे युग हुँदै, धातुहरूको हातहतियार बनाउन सफल भए । खेती र पशुपालनको युगकमा विकाश भयो । मानिसहरू समूहमा हुँदा समुहकी मूली महिला हुने गर्दथिन । उनकै आदेश अनुसारमा समूह चल्दथ्यो । कार्यविभाजन हुन्थ्यो । समूह ठूलो भए पछी अली ससाना समूहमा विभाजीत भएर बस्न शुरू गरे । समूहको मूलीका आदेश अनुसार कामबाँडफाँट हुने गर्दथ्यो ।

जंगली जनवारहरूबाट बँच्न र अरू समूहबाट बाँचनका लागि पनि ठूलो समूहमा बस्ने गर्दथे । विकाशको क्रम सँगै समूहसमूहबाट पनि परिवारहरूमा रूपान्तरण भएर मानिसहरू बस्ने थाले । आजको जस्तो राज्य नियमकानूनहरू बन्न थाल्यो । यसरी परिवारमा पनि संयुक्तबाट एकल परिवारमा रूपान्तरण हुँदै गई रहेको छ । अब हजुरबाआमा र नातिनातिनाबिचमा पनि दूरी बढ्दै छ । कती वालवालिकाले हजुरबाआमाको स्नेह पाएकै हुँदैनन् । कती भाषाका कारणबाट पनि नजिक भएर आत्मियता प्रकट हुन पाएको हुँदैन ।
यसरी हजुरबाआमा र नातिनातिनाका विचमा भएको दूरीलाई कम गर्न र हजुरबाआमाहरूलाई सम्मान दिनका लागि यस दिनको थालनी गरिएको हो । अनेसास क्यानडाले भानुजयन्ति २०७९का दिन यो हजुरबाआमा दिवश मनाउने घोषणा गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हजुरबाआमा दिवस भनेको हजुरबाआमाहरूको लागि बिशेष दिन हो । हुन त हजुरबाआमा भनेका सँधै श्रद्धेय र मन्दिरको गजुर जस्तै उच्च हुनु हुन्छ । हामीले सदैब सम्मान र श्रद्धा गर्नु पर्दछ । तर हजुरबाआमा दिवसका दिन उहाँहरूलाईमात्र केन्द्रबिन्दु बनाएर उहाँहरूको इच्छाअनुरूप भोजन गराउने । बस्त्र लताकपडा फोन घडी आदि उपहारहरू दिने । इच्छाएको ठाउँमा घुम्न लैजाने । मठमन्दिरमा गएर दैविक शक्ति र दीर्घजीवनका लागि प्रार्थाना गर्ने दिन हो । हजुरबाआमा भने पछी नातिनातिनाहरू जोडिएर आउने भइनै गयो ।

हजुरबाआमाहुनेहरूका नातिनातिनीहरू त्यस दिन सके बाआमा समेत संगै घुम्न लैजाने । जसले गर्दा तीनै पुस्ताका बिचमा अगाध स्नेह बढाउँछ । यो समाज विस्तारै संयुक्तपरिवारबाट एकात्मक परिवारमा फेरिने क्रम बढ्दो छ । हजुरबाआमा दिवशले काकाबडाबाका छोराछोरीहरू बिचमा पनि प्रगाढ सम्बन्ध स्थापित गर्दछ । दिदीबहिनी र दाजुभाइहरूका बिचमा पनि दह्रिलो सम्बन्ध बनाउँछ । मामा र फुपूका छोराछोरी बिचमा पनि घनिष्टता बढाउँछ । व्यक्ति भनेको बावियोँको त्यान्द्रो जस्तो मात्र हो । त्यसमाथि क्रमश परिवार नातिनातिना देखि बाआमा र हजुरबाआमा जोडिए पछी मज्वुत डोरीको रूप ग्रहण गर्दछ । धरै जनाको सोच र पहलमा कुनै काम र व्यापार व्यबशाय शुरू गर्ने हो भने कम लगानीमै ठूलाठूला कामहरू गर्न सकिन्छ । हजुरबाआमा नहुनेहरूले नातिनातिना नभएका बृद्धबृद्धालाई मिठा खानेकुराहरू दिने फलफूलहरू दिने । उपहारहरू दिने गर्नु पर्दछ । बृद्धबृद्धा भनेका तीर्थ समान हुन । उहाँहरूले दिएको दिव्यवचन रशुभआशिर्वादले मानिसलाई ठूलाठूला सफलताहरू मिल्दछन् ।

मङ्सिरको तेश्रो शनिवारका दिन हजुरबाआमा दिवस मनाउने भनेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाले भानुजयन्तिका दिन घोषणा गर्यो ।

मङ्सिर महिनाको तेश्रो शनिवार नै किन मनाउने भनेर प्रश्न गर्दा अनेसासका सल्लाहकार सुरेन उप्रेती भन्नु हुन्छ –  “हामी नेपालीहरू जहाँ जहाँ पुगे पनि नेपाल नै हाम्रो मातृभूमि हो । आधारभूमि हो । नेपालमा मंशिरको तेश्रो हप्ता सम्ममा धानकाटी सकेर घरभित्र थन्क्याई सकेको हुनेछ । जाडो अधिकरूपमा आईसकेको हुँदैन । कामको चटारो पनि कम भएको हुन्छ । बिधालयहरूमा पनि जाडोको बिदा भै सकेको हुँदैन । सबैसँग भेटघाट गर्नलाई पनि उपयुक्त समय हुने भएकाले मंशिरको तेश्रो शनिवारलाई नै हजुरबाआमा दिवस घोषणा गरिएको हो ।”

मातातिर्थ औसीमा आमाको मुख हेर्ने आमालाई राम्रा लुगा गहना उपहार दिने चलन छ । आमा नहुनेहरूले दिवंगत आमाका नाममा श्रद्धा गर्ने दानदक्षिणा दिने । भोकाहरूलाई भोजन गराउने गरिन्छ । कुशेऔँसी बुवाको मुखहेर्ने दिन हो । त्यस दिन बुबाहुनेहरूले बुबाहरूलाई स्वास्थकर मिष्ठान्न भोजन गराउने नयाँ नयाँ बस्त्रहरू दिने गरीन्छ । हजुरबाआमा र नातिनातिनाहरूका विचमा कती गाढा सम्बन्ध हुन्छ । कती मायाममता हुन्छ तर प्रकट गर्ने र सम्मान गर्ने दिन थिएन । यिनै कुरालाई ह्रृदयंगम गरी हजुरबाआमा दिवसको घोषणा गरिएको हो ।

यस बर्ष २०७९ सालमा मंशिर २४ गते शनिबार तदनुसार डिसेम्बर दस तारिखका दिन हजुरबाआमा दिवस परेको हुँदा सबै बिधालयहरूले हजुरबाआमा सहित बिधार्थीहरूलाई बिधालयमा उपस्थित गराइ हजुरबाआमा दिवश मनाउन थाल्नुहुन अनेसास हार्दिक अनुरोध गर्दछ । उक्त दिन हजुरबाआमा सँग सम्बन्धित कविता, कथा, मुक्तक, लेख रचनाहरू र हजुरबाआमा सँगका मिठापलहरू सुनाउन विधार्थिहरूलाई प्रेरित गर्नु होला । सबै बिधालयका शिक्षकशिक्षिकाहरू प्रधानाध्यापकहरूले वालवालिकाहरूसँग उनीहरूका हजुरबाआमाका बारेमा सम्झनाहरू सुनाउन अनुरोध गर्नु होला । हजुरबाआमाहरूसँग भए गरेका अनूभूतिहरू सुन्ने र सुनाउने कार्यले हजुरबाआमा प्रति श्रद्धाभाव जगाउने र अझ निकटता बढाउने छ । यस दिनले आफ्ना हजुरबाआमा र नातिनातिनाहरूबिच प्रगाढ सम्बन्ध स्थापना गर्ने छ । यहीँहजुरबाआमा हुनेहरू बिधालयमा उपस्थित भएमा अझ कार्यक्रमलाई जीवन्तता प्रदान गर्ने छ । हाम्रा मन्दिरका गजुरहरूको सम्मानले सँधै शुभ आशिर्वदहरू प्राप्त भै रहनेछन् । हजुरबाआमा दिवसको हार्दिक शुभकामना ।

एडमण्टन, क्यानडा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com