बलेवा समाज अमेरिकाको अध्यक्षमा प्रदिपकुमार खत्री, महासचिवमा प्रकाश अधिकारी


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

बलेवा समाज अमेरिकाको अध्यक्षमा प्रदिपकुमार खत्री चयन भएका छन् । न्यूयोर्कमा भएको बिशेष अधिवेशनले खत्रीको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा बिकास जिसी, उपाध्यक्षमा निरबहादुर केसी, कृष्ण पौडेल, बिनोद शर्मा र रविन्द्र जिसी चयन भएको जानकारी दिइएको छ । यस्तै समितिको महासचिवमा प्रकाश अधिकारी, सचिवमा सन्तोष पौडेल पारस, रामकुमार श्रेष्ठ, गणेश हरिजन र बाशुदेव पौडेल चयन भएका छन् ।

यस्तै समितिको कोषाध्यक्षमा हरि पाठक, सहकोषाध्यक्षमा इश्वरी सुवेदी क्षेत्री र अर्जुन नेपाली चयन भएको महासचिव अधिकारीले जानकारी दिए । यस्तै कार्यक्रम संयोजक सन्तोष क्षेत्री, युवा तथा खेलकुद संयोजकमा अनिल रोका, सहसंयोजकमा सुदिप खड्का, महिला संयोजकमा प्रतिक्षा थापा क्षेत्री चयन भएका छन् ।

बिशेष अधिवेशनबाट सदस्यहरुमा दिलसिङ जिसी, अशोक खड्का, इश्वर गौतम, शिव गौतम, हरि रोका, चन्द्र जिसी, समुन्द्र केसी, निराजन खड्का, महेश जिसी, हिमाल पौडेल, योगेन्द्र बस्नेत, दिपक कार्की, गणेश खत्री, मनु जिसी, सुरेश पौडेल, अनुप क्षेत्री, मावध पौडेल र सविन्द्र केसी चयन भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्विरोध कार्यसमितिले अनिल अधिकारी, डोलेन्द्र पौडेल र कृष्ण सुवेदीलाई संरक्षकमा चयन गरेको जनाइएको छ भने सकस जिसी, प्रकाश श्रेष्ठ, हरि पौडेल, प्रकाश जिसी, संजिव खड्का, यमबहादुर सुवेदी प्रकाश र नवराज पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष खत्रीले समाजको बृहत्तर हितमा काम गर्दै आएको संस्थाको गरिमा सगरमाथा जस्तै उचो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बिगतदेखी उत्कृष्ट कार्यहरु गर्दै आएको बलेवा समाजलाई घरदेश हुने समस्याहरुमा सहयोगी बन्ने र परदेशमा रहेका नेपालीहरुको समस्यामा सारथी बन्ने उद्घोष गरेका छन् ।

सन २०१७ मा स्थापना भएको बलेवा समाज अमेरिकाले देशमा भैपरी आउने समस्यामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ भने परदेशमा रहेका नेपालीहरुलाई सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष डोलेन्द्र पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् । उनले संस्थाको प्रगतीको कामना गरे । संस्थाका महासचिव अधिकारीले संस्थामा रहेका पुराना पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिँदै वहाँहरुको सम्मानमा छिट्टै कार्यक्रम गरेर सम्मान गर्ने जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com