प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने


प्रकाशित मिति : आश्विन २१, २०७९ शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने हुनुभएको छ । माओवादीको आज साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।

गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा बाबुराम भट्टराई विजयी हुनुभएको थियो । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित हुनुभएको थियो । डा भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पार्धा नगर्ने सार्वजनिक गरिसक्नुभएको छ । अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो ।

पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराउनुभएको थियो । अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सिट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराउनुभएको सचिव साहले जानकारी दिनुभयो । “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सिट बाँडफाँटका बारेमा जानकारी गराउनुभयो”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com