अमेरिकामा आफूसँगै सुताउँदा बच्चाको मृत्युभएपछि आमा पक्राउ, अनैच्छिक हत्याको अभियोग


प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार

अमेरिकाको ओहायोमा एक आमाले बच्चालाई आफूसँगै सुताउँदा बच्चाको मृत्यु भएपछि आमालाई पक्राउ गरिएको छ । झण्डै एक वर्षको अन्तरमा उनका दुई बच्चाको मृत्यु भएको थियो । दुवै शिशुको आमासँगै सुतिरहेका बेला मृत्यु भएको जनाइएको छ ।

बच्चाकी आमा २३ बर्षकी ब्रुक हन्टरलाई अनैच्छिक हत्या र बच्चालाई खतरामा पारेको अभियोग लगाइएको छ । गत जुन २२ मा आफूसँगै सुताउँदा उनको ६ हप्ताको बच्चाको मृत्यु भएको थियो । त्यसको करिब एक वर्ष अघि पनि उनको ६ हप्ताको बच्चालाई सँगै सुताउँदा मृत्यु भएको थियो ।

पहिलो बच्चाको मृत्युको समयमा अधिकारीहरूले हन्टरलाई बच्चालाई आफूसँगै सुताउन नहुनेबारे चेतावनी दिएका थिए । तर घटना दोहोरिएपछि आमालाई पक्राउ गरेर बच्चाको हत्याको अभियोग लगाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आमाबाबुहरु सम्भव भएसम्म आफ्ना बच्चाहरूसँग एउटै ओछ्यानमा सुत्न नहुने विज्ञहरुको सुझाव छ । एउटै ओछ्यानमा सुत्दा निसास्सिएर, घाँटी थिचिएर वा अन्य कारणले बच्चाको मृत्यु हुनसक्छ । यसको सट्टा दुई वर्ष मुनिका बालबालिकाहरूलाई आफ्नै कोक्रोमा सुताउनुपर्छ ।

बच्चालाई आमाबाबुसँगै एउटै ओछ्याउनमा सुताउनेकुरा कतिपय संस्कृति वा समाजहरूमा सामान्य हुन सक्छ, तर यसरी सुताउनु शिशुहरूको लागि खतरनाक हुने विशेषज्ञहरू बताउँछन् । चार महिनाभन्दा कम उमेरका शिशुलाई अरू कसैसँग एउटै सतहमा सुताउँदा निद्रासम्बन्धी शिशु मृत्युको जोखिम पाँचदेखि १० गुणा बढ्ने विज्ञहरुको भनाई छ ।

अमेरिकामा हरेक वर्ष करिब ३,५०० शिशुहरूको निद्राका कारण मृत्यु हुने गर्छ । आमाबाबुलाई एउटै कोठामा सुत्न सुझाव दिइन्छ तर बच्चालाई कम्तीमा ६ महिनासम्म आफूसँगै एउटै ओछ्यानमा भने सुताउनुहुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com