आईफोन १४ को युएस भर्सन नेपालमा चल्ने, शुक्रबारदेखि ई-सिम वितरण गर्दै टेलिकम, कसरी लिने?


प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार

भौतिक सिमकार्डविनाको आईफोन १४ को अमेरिकी भर्सन नेपालमा पनि चल्ने भएको छ । आईफोन १४ का अमेरिकी भर्सनहरु भौतिक सिमकार्ड राख्ने ट्रे विना नै आएकाले ती फोनहरु नेपालमा चल्ने नचल्नेबारे अन्यौल रहेको थियो ।

तर अब नेपाल टेलिकमले ती फोनहरुका लागि समेत शुक्रबारदेखि ई-सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमले यस अगाडि नै ई-सिम ल्याउने तयारी गरेपनि आईफोन १४ को घोषणा लगत्तै ई-सिमको योजना कार्यान्वयन गर्ने भएको छ ।

कसरी लिने ई-सिम ?

नेपाल टेलिकमले दूरसन्चार कार्यालय, सुन्धारा काउन्टरबाट भदौ ३१ शुक्रबारबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्ने भएको हो । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीले हाल भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने जानकारी दिएका छन् ।

उनका अनुसार नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने तत्कालैे ई सिम उपलब्ध नगराइने नेपाल टेलिकमले जनाएको छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्ने उनले बताए ।

के हो ई-सिम ?

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

अधिकारीका अनुसार हालका सबै प्रयोगकर्ताले समेत ई –सिम प्रयोग गर्न सक्नुहुनेछ भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्नेछन् ।

कुन कुनमा सर्पोट गर्छ ?

नेपाली बजारमा ई–सिम लाग्ने फोन अहिले पनि उपलब्ध छन् । हालै अमेरिकामा सार्वजनिक भएको आइफोन–१४ मा ई–सिम मात्रै लाग्ने गर्छ ।
यस्तै, हाल एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज फाइभ, आईफोन एक्स र एक्स एस म्याक्स, आईफोन एक्स आरका साथै आईफोन इलाभेन र ट्वेल्भ सिरिजका डिभाइसले ई–सिम सपोर्ट गर्दछन् ।

त्यस्तै गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल तथा पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर एमा पनि ई–सिम सपोर्ट रहेको छ ।

यसका साथै सामसङ ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्राले पनि ई–सिम सपोर्ट गर्दछन् । त्यस्तै सामसङकै फोल्डेबल फोन जेड सिरिज, माइक्रोसफ्ट विन्डोज १०, माइक्रोसफ्ट सर्फेस डुओ, ह्वावे पी ४० लगायतका डिभाइसमा समेत ई–सिम सपोर्ट छ ।

एमडिएमएस प्रणाली सुरु

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडिएमएस प्रणाली सुरु गरेको हो ।

प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com