बेलायतकी महारानीको निधनप्रति विश्वका नेताहरुद्धारा दुःख व्यक्त


प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार

बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उहाँको निधनप्रति विश्वको ध्यान खिचिएको हो ।

महारानी एलिवेथ द्धितियको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको बेलायती राजदरवारले घोषणा गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उहाँको निधनको खवर सुनेर आफू स्तब्ध भएको उल्लेख गर्नु भएको छ । “विश्वव्यापी नेतृत्व गर्नु भएकी र सबैलाई प्रेरणाको श्रोत बन्दै आउनु भएकी महारानीको निधनले मलाई दुखि बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु,” उहाँले जारी गर्नुभएको शोक वक्तव्यमा लेखिएको छ ।

संयुक्त राष्ट्रसङ्घप्रति महारानी सधैँ असल साथीको रुपमा रहनु भएको स्मरण गर्दै महासचिव गुटेरेसले राष्ट्रसङ्घले एउटा असल साथी र असल अविभावक गुमाएको उल्लेख गर्नु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गर्नु भएको छ । उहाँले प्रकाशित गर्नुभएको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूती व्यक्त गरिएको छ । सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजावेथ द्धितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नुभएको छ । “उहाँको त्यो आत्मियता, स्नेह र अविभावकत्व मैले कहिले भुल्न सक्दिन,” प्रधानमन्त्री मोदीले लेख्नु भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ब्रिटिश सरकार र जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।
चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै र आफ्नै नाममा सी चिनफिङले गहिरो समवेदना व्यक्त गर्नु भएको छ । महारानीको निधन ब्रिटिश जनताको लागि ठूलो क्षति भएको सीले बताउनु भएको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ राज्य सञ्चार माध्यमले जारी गरिएको विज्ञप्तिमा महारानी एलिजाबेथ चीन भ्रमण गर्ने पहिलो बेलायती राजसंस्थाका प्रमुख हुनुहन्थ्यो । बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म राजसंस्थाको सेवा गर्ने अर्थात उहाँको शासनकालको प्रशंसा गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खवरले आफूहरुलाई दुखित बनाएको उल्लेख गर्नुभएको छ ।
उहाँहरुले अमेरिकास्थित बेलायती दुतावासमा राखिएको शोक पुस्तिकामा आफै शोक वक्तव्य लेख्नु भएको थियो । केही मिनेट लगाए लेखिएको वक्तव्यमा उहाँसँग भएका भेटवार्ताको पनि स्मरण गरिएको छ । महारानी एलिजावेथ द्धितीयलाई एउटा असल, परिवक्व अविभावको रुपमा उहाँहरुले उल्लेख गर्नुभएको छ ।
वक्तव्य लेखेर हस्ताक्षर गरेपछि राष्ट्रपति दम्पत्तिले बेलायती राजदूतलाई आफूहरु बेलायतको दुःखमा साथसाथै रहेको बताउदै सहानूभूति व्यक्त गर्नुभएको थियो ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै उहाँ जस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गर्नुभएको छ । बेलायतका महारानी भएपनि उहाँले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहनु भएको पुटिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

उहाँको निधनप्रति क्यानडाले पनि दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टीन टु«डोले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक व्यक्त गर्नु भएको हो । उहाँले क्यानडाका जनताले महारानीलाई सधैँ स्नेही पात्रको रुपमा स्मरण गरिरहने उल्लेख गर्नु भएको छ । क्यानडाको इतिहासमा उहाँ एउटा मुख्य पात्रको रुपमा रहेकाले उहाँले क्यानडालाई गर्नुभएको सेवाप्रति सबै जनता ऋणी रहेको टु«डोको भनाई छ ।
अष्ट्रेलियाका राष्ट्रपति एन्थोनी अल्बानीजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अष्ट्रेलियाका जनता बेलायती जनताको साथमा रहेको उल्लेख गर्नुभएको छ ।
फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले पनि बेलायती महारानीलाई एकताको प्रतिकको रुपमा स्मरण गर्नुभएको छ । “बेलायती जनतालाई एकताको सुत्रमा बाँध्ने पात्रको रुपमा भूमिका खेल्नु भएकी महामारीको निधनले हामीलाई दुखि बनाएको छ,” उहाँले जारी गर्नु भएको वक्तव्यमा लेखिएको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्नु भएको छ । त्यसैगरी पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजल्याण्डका प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका दर्जनौ देशका राष्ट्र तथा सरकार प्रमुखहरुले उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com