बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो  समय शासन गर्ने महारानी थिइन्। महारानी एलिजाबेथले आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ संकल्पका लागि सधैं सम्झिनेछन्। उनले आफ्नो सम्पूर्ण जीवन आफ्नो ताज र जनताको नाममा समर्पण गरेकी थिइन ।

उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । उनले नेपालप्रति पनि सद्भाव राख्नुका साथै गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष साइनो रहेको छ ।

उनको ७० वर्षको शासनकालमा इङ्ल्यान्ड मात्रै होइन, सारा विश्वले ठूलो उथलपुथलको अवधिबाट गुज्रियो । कहिले आर्थिक चुनौती, कहिले राजनीतिक संकट । तर यस उथलपुथलमा, जनतामा विश्वास जगाउने एउटा मात्र नाम थियो, रानी एलिजाबेथ।

सारा विश्वमा बेलायतको हैसियत घट्दै गएको बेला एलिजाबेथ बेलायतकी महारानी बनेकी थिइन् । समाजमा क्रान्तिकारी परिवर्तनहरू भइरहेका छन् । बेलायतमा धेरै मानिसहरूले राजतन्त्रको भूमिकामाथि प्रश्न उठाइरहेका थिए तर उनले यी चुनौतीहरूको दृढतापूर्वक सामना गरिन र आफ्नो जिम्मेवारी धेरै बुद्धिमानीपूर्वक पूरा गरिन जसको कारण बेलायती राजपरिवारमा जनताको विश्वास कायम रह्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलिजाबेथ कहिल्यै विद्यालय गइनन्। उनको र कान्छी बहिनी मार्गरेटको शिक्षा दरबारमा नै भएको थियो। उनी कहिल्यै स्कूल नगए तापनि एलिजाबेथले धेरै भाषाहरू सिकेकी थिइन। उनले बेलायतको संवैधानिक इतिहास पनि राम्ररी अध्ययन गरिकी थिईन । एलिजाबेथ आफ्ना बुबा र हजुरबुबा दुबैकी धेरै प्रिय थिइन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com