अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन भ्रमण ‘आश्चर्यजनक’ भएको अन्तराष्ट्रिय मिडियामा चर्चा


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन लगायत अन्य थुप्रै देशहरूलाई २ अर्ब अमेरिकी डलरको सैन्य सहायता घोषणा गर्न कीभको अघोषित भ्रमणमा रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

यसअघि, युक्रेनमा रुसको “पूर्वनियोजित, अव्यावहारिक, अनुचित र क्रूर युद्ध” को निन्दा गर्दै ब्लिन्केनले अमेरिकाले युक्रेनलाई आफ्नो रक्षाका लागि हतियार उपलब्ध गराउन जारी राख्ने बताएका थिए। केही अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले ब्लिन्केनको अघोषित भ्रमणलाई “आश्चर्यजनक” र आकस्मिक भ्रमणको रूपमा व्याख्या गरेका छन् ।
यो प्रयासले युक्रेनलाई प्रत्यक्षरूपमा अमेरिकाले पुर्याउँने भनेको मानवीय र आर्थिक सहयोगको एक हिस्सा हो र युक्रेनका नागरिकहरू विरुद्ध रुसको युद्ध अपराधको भर्त्सना गर्नु रहेको मन्त्री ब्लिन्केनले बताएका छन् ।

ब्लिन्केनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि अमेरिकी समर्थनलाई पनि पुनः दोहोर्याएका थिए। “यो पूर्णतया रुसले चाहेको दु:खद र विनाशकारी युद्ध हो र संयुक्त राज्य अमेरिका र यसका सहयोगी एवं साझेदारहरू युक्रेनका जनतासँग उनीहरूको देश र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुनेछन्।” उनले थपेका छन् “हामी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न र युद्धको मैदान र वार्ताको टेबुल दुवै स्थानमा युक्रेनको स्थितिलाई बलियो बनाउन समर्थन गर्न जारी राख्छौं,” उनले भने।

ब्लिन्केनले युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबासँग कीभमा भेट गरेका थिए। अस्टिन र ब्लिन्केन दुवैले अप्रिलको अन्त्यमा युक्रेनको भ्रमण गरेका थिए। फेब्रुअरीको अन्त्यमा युद्ध शुरु भएदेखि नै उनीहरू युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च तहका अमेरिकी अधिकारीहरू हुन्। यस बीचमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न थुप्रै राष्ट्र प्रमुखहरू युक्रेन पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिलेसम्म त्यहाँ यात्रा गरेका छैनन् यद्यपि राष्ट्रपतिसँग फोनवार्ता भने भएको छ ।
रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा “विशेष सैन्य कारबाही” शुरु गरे यता पश्चिमा देशहरूले यस युद्धलाई अप्रत्याशित युद्धको संज्ञा दिदै मस्कोमाथि कयौं नाकाबन्दी लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com