बुरुन्डीमा राजनीतिक संकट : प्रधानमन्त्री र सेना प्रमुख बर्खास्त


प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार

बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गर्नुभएको छ ।  मध्य अफ्रिकी यस देशमा  राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जनरलले एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरिएको हो ।

उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार बोलाइएको संसदको अधिवेशनमा सांसदहरूले सुरक्षा मन्त्री गेरवाइस नदिराकोबुकालाई बुन्योनीको स्थानमा संसदमा उपस्थित ११३ सदस्यको सर्वसम्मत मतदानबाट नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रसारक आरटीएनबीले जनाएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका नदिस्मीयेले बुन्योनीलाई बर्खास्त गर्नुको कुनै कारण खुलाउनुभएको छैन । तर, उहाँले गत साता सत्ताविद्रोह अर्थात् ‘कू’ को षडयन्त्र भइरहेको दावी गर्नुभएको थियो ।

शुक्रबार राजनीतिक राजधानी गितेगामा सरकारी अधिकारीहरूको बैठकमा नडिदस्मीयेले चेतावनी दिँदै भन्नुभयो, “सेनाका जनरलले ‘कू’ गर्छु भनेर धम्की दिन सकिन्छ जस्तो लाग्छ रु त्यो व्यक्ति को हो रु जो सुकै भए पनि आउनुपर्छ र ईश्वरको कृपामा म उसलाई परास्त गर्नेछु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सत्तारुढ सीएनडीडी–एफडीडी पार्टीमा लामो समयदेखि वरिष्ठ नेताका रुपमा रहेका पूर्व प्रहरी प्रमुख तथा सुरक्षा मन्त्री बुन्योनीको अवस्थाबारे तत्काल कुनै जानकारी गराइएको छैन ।
राष्ट्रिय गुप्तचर सेवाको नयाँ सैनिक प्रमुखको जिम्मेवारी विशेष शक्तिसहित सेनाका कर्नेल एलोयस सिन्दायिहेबुरालाई दिइएको छ । उहाँलाई प्रधानमन्त्रीका गतिविधिलाई अनुगमन गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

ह्वाट्सएपमा रातारात पठाइएको अत्यावश्यक सन्देशमार्फत सांसदहरूलाई बुधबार संसदको अधिवेशनमा सहभागी हुन आह्वान गरिएको थियो ।-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com