नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी


प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेको छ । काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको नेपाली सञ्चारमाध्यम नयाँ पत्रिकाले खबर छापेको छ ।

लामिछानेविरूद्ध एक नाबालिगले जबरजस्ती करणीको उजुरी दिएको र आज साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टिगरेको सेतो पाटीले जनाएको छ ।

जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मार्फत भएको थियो। स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई चर्चित सेलिब्रेटी सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक भएको नेपाल समयले जनाएको छ ।

नेपाल समयका अनुसार स्न्यापच्याटमार्फत जोडिएका उनीहरुबीच भदौ ५ गते भेटघाट भएको थियो । सन्दीपले किशोरीलाई लिएर भक्तपुर जाँदै गर्दा किशोरीको मोबाइल खोसिदिएका थिए । सन्दीपले समयमै ‘ड्रप’ गरिदिने आश्वासन दिएर रातको ८ बजे नगरकोट पुर्याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल समयले लेखेको छ, ‘नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे। किशोरीको मन आत्तिरहेको थियो। उनीभित्र समयमै होस्टल फर्किने छटपटी थियो। उनले फर्किने जिद्दी गरिन्। किशोरीको जिद्दीपछि सन्दीप काठमाडौं फर्किन राजी भए। उनीहरु काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो।’

होस्टलमा बस्दै आएकी ती किशोरीमा होस्टेल बन्द भइसकेका सन्दीपको प्रस्तावमा होटल जान स्वीकार गर्दै दुईवटा कोठा बुक गर्न लगाएकी थिइन् । साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीको छ।

सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन् । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए । टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com