तेश्रो बेलायती महिला प्रधानमन्त्री बन्दै लिज ट्रस, पद ग्रहण मंगलबार


प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार

बेलायतको कन्जरभेटिभ पार्टीले बोरिस जोनसनको स्थानमा लिज ट्रसलाई नेताको रूपमा रोजेको घोषणा गरेको छ । अब ४७ वर्षीया नेतृ लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको फाइनल राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्। पार्टीका झन्डै डेढ लाख सदस्यको प्रत्यक्ष मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भारतीयमूलका नेता सुनाकले ६० हजार ३ सय ९९ मत पाए।

कन्जरभेटिभ पार्टीको नेतामा विजयी ट्रस मंगलबार बेलायती महारानीबाट देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछिन्। ट्रसले मंगलबार औपचारिक रूपमा रानी एलिजाबेथ द्वितीयसँग स्कटल्याण्डको बालमोरल क्यासलमा भेटेर प्रधानमन्त्रीको पद ग्रहण गर्नेछिन्, जहाँ रानी बिदामा छिन्। 

उनले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रतिस्थापन गर्नेछिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतको ५६ औँ प्रधानमन्त्री ट्रस महिला प्रधानमन्त्रीमा भने मार्गरेट थ्याचर र टेरिसा मेपछिकी तेस्रो हुनेछिन् ।

बोरिस जोन्सन नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएकी ट्रसले टेरिसा मे र डेभिड क्यामरनका सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसकेकी छन्। सन् २०१० यता उनी सांसद रहंदै आएकी छन्।


ट्रसले आर्थिक संकटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै ‘२०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गरेकी छन् ।

ट्रसले कर कटौती र ऊर्जा संकट सम्बोधन गर्न ‘साहसिक योजना’ को प्रतिज्ञा गर्दै उनले आगामी दिनमा यसको विस्तृत योजना अघि सार्ने बताएकी छन् ।

यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिएका छन् ।

बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी छन्।

विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसंग नजिक ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी थिइन्। पछि उनी कन्जरभेटिभ पार्टीमा सक्रिय भइन्। दुईपटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन्।

उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्र मन्त्रीको रुपमा काम गरिसकेकी छिन् । उनले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन्।

उनी बेलायत युरोपेली संघमै रहनुपर्छ भन्ने पक्षमा थिइन् तर टेरेजा मे प्रधानमन्त्री भएपछि भने उनले युरोपेली संघ छाडेर पनि बेलायतले लाभ लिन सक्ने बताएकी थिइन्।

उनको पुरा नाम मेरी एलिजाबेथ ट्रस हो। उनका श्रीमान ह्यु ओ लियरी लेखापाल हुन्। उनीहरुका दुई छोरी छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com