क्यानडामा सामूहिक छुरा प्रहार गर्ने एकजना संदिग्ध मृत फेला, अर्का अझै फरार


प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार

क्यानाडाली प्रहरीले सास्काचेवान प्रान्तमा सामूहिक छुरा प्रहार गर्ने एकजना संदिग्धलाई सोमबार मृत फेला पारेको छ । अर्को संदिग्ध उसको भाइ अझै फरार रहेको र घाइते भएको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

दाजुभाइ डेमियन र माइलेस स्यान्डरसनले आइतबार सास्काचेवानमा अन्धाधुन्द छुरा प्रहार गरेर १० जनाको हत्या र १८ जनालाई घाइते बनाएका थिए । यो आक्रमण क्यानाडाको आधुनिक इतिहासमा सबैभन्दा घातक आक्रमण भएको जनाइएको छ ।

केही पीडितहरूलाई लक्षित गरेर आक्रमण गरिएको थियो भने केहीलाई अन्धाधुन्द आक्रमण गरिएको थियो । पीडितहरूमा दुई सन्तानकी आमा ७७ वर्षीया विधवा समेत थिइन् । आक्रमणकारीको खोजीमा सयौं पुलिस अफिसरहरू संलग्न भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डरसनलाई जेम्स स्मिथ क्री नेसनको घाँसे क्षेत्रमा मृत फेला पारेका थिए । उसलाई आफ्नै भाइले मारेको आशंका गरिएको छ ।

३० बर्षीय माइल्स स्यान्डरसन अझै पनि फरार रहेको र घाइते भएको हुनसक्ने तथा उपचार खोजिरहेको हुनसक्ने प्रहरी अधिकारीले एक पत्रकार सम्मेलनमा बताए । आक्रमणकारीमध्ये एकको मृत्युपछि अब उक्त घटनामा मृतकको संख्या ११ पुगेको छ भने घाइतेको संख्या १९ पुगेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com