गोर्बाचेभको अन्तिम बिदाइमा हजारौं सहभागी हुँदा पुटिन भने गएनन्
प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार
शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् ।
गोर्भाचेभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिष्ट समाजवादी धारले उनलाई सोभियत संघ बिघटनको दोषी मान्ने गरेको छ भने अमेरिका लगायगतका देशरुले प्रसंशा गर्ने गरेका छन् ।
सोभियत संघको पतन र त्यसपछिको आर्थिक मन्दीको लागि सोभियत संघमा धेरैले उहाँको आलोचना गर्नेगरेका छन् । उनको कदमले रूसी जनतालाई गरिबीमा डुबाएको बुझाई रूसीहरूको रहेको छ ।
गत बिहीबार पुटिनले मस्कोको एक अस्पतालमा गोर्बाचेभको कफिनमा निजी रुपमा पुष्पगुच्छा अर्पण गर्दै गोर्भाचेभको ‘अन्तिम विदाई’ गरेका थिए तर क्रेमलिनको अन्त्येष्टि कार्यक्रममा भने पुटिन सहभागी भएनन् ।
पुटिन कुन खास काममा व्यस्त रहेको भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार पत्रकारहरूसँग भने, “राष्ट्रपति पुटिन शृङ्खलाबद्ध बैठकहरू गर्नुपर्ने, अन्तर्राष्ट्रिय फोन कलहरू गर्नुपर्ने र अर्को हप्ता रूसको सुदूर पूर्वमा एक व्यापार मञ्चको लागि तयारी गर्नुपर्ने कार्यक्रम भएकाले व्यस्तता बढेको हो ।’ ९१ वर्षको उमेरमा मंगलबार निधन भएका गोर्बाचेभलाई उनकी पत्नी रायसाको छेउमा रहेको मस्कोको नोभोडेभिचीमा अन्त्येष्टि गरिनेछ ।





