न्युयोर्कको म्यानहटनमा २५ र २६ बर्षका महिला र पुरुषमाथि गोली प्रहार, दुबैको मृत्यु


प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार

न्युयोर्कमा म्यानहटनमा बिहिवार भएका छुट्टा छुट्टै गोली प्रहारका घटनामा २५ बर्षकी महिला र २६ बर्षमा पुरुषको मृत्यु भएको छ । एकजनाको घटनास्थलमा नै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिलो घटनामा २५ वर्षीया महिलालाई मास्क लगाएको अश्वेत बन्दुकधारीले गोली हानेको थियो । उनी युनियन स्क्वायर नजिक इस्ट १४ स्ट्रीटमा हिँड्दै गरेको बेला गोली हानिएको थियो । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

न्युयोर्क युनिभर्सिटी नजिकै गोली चलाइएको थियो । तर मृतकको युनिभर्सिटीसँग सम्बन्ध भए नभएको स्पष्ट छैन । हत्यारा घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको केही घन्टा पछि अर्को गोली काण्ड केही ब्लक टाढा इस्ट १२ औं स्ट्रीटमा एभिन्यु सी र डी बीचमा भएको थियो । उक्त घटना एउटा विद्यालयबाहिर भएको थियो ।

गोली चलेपछि नजिकैका मानिसबीच भागदौड मच्चिएको थियो । विद्यालयको नजिक गोली चलेपनि विद्यालय अर्को साताबाट खुल्ने भएकाले त्यहाँ कुनै बालबालिका वा कर्मचारी भने थिएनन् ।

२६ वर्षीय पुरुषको टाउकोमा गोली लागेको र उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएकोमा उनको अस्पतालमा निधन भएको थियो ।

अनुसन्धान जारी रहेको र गोलीकाण्ड लक्षित रहेको देखिएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन सकेको छैन । गोली चलाउने व्यक्ति फरार छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com