पैचोका नेपाली उत्पादन अब अमेरिकामा पनि


प्रकाशित मिति : भाद्र १०, २०७९ शुक्रबार

ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रालीद्वारा उत्पादित ‘पैचो उत्पादन’हरु अब अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।

पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत सहकार्य गरेको छ ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैँचो पसल प्रालीका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा छ । यस्तै विदेशमा बसोबास गर्ने आम नेपाली समुदायले पनि रुचाउने आफनै जन्ममाटोको स्वादको पारखकै कारण समेत पैचोले आफनो उत्पादनलाई औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन लागेको हो ।

लामो समय विदेशमा बसेपनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा पैचो पसल प्राली आफुलाई गौरावान्वित महशुस भएको जनाएको छ । अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतीबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैचो पसल प्रालीका बजार ब्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैरेले भन्नुभयो, ‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फकिँदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगे पनि लामो समय विदेशमा बस्दा स्वेदशी खाद्यवस्तुको अभावको महशुस भैरहेको हुन्छ । त्यसैले पैचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरी छरिएर रहनुभएका नेपाली माझ पुर्याउने योजनामा अगाडि बढाइरहको छ ।’

नेपालमा धेरैजसो खाद्यपदार्थ विदेशबाटै आयात हुनेगरेको छ । तर नेपालको स्वाद विदेशबाट आउने कुनै पनि वस्तुमा पाउन सकिँदैन । त्यसो त, कृषकले आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने वस्तुको आयात निरन्तर बढ्दा व्यापार घाटा बढिरहेको छ । जसका कारण देशको अर्थतन्त्रलाई समेत नकारात्मक असर परिरहेको छ ।

गुल्मीबाट सुरु भएको पैचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दैआएको छ । जसका कारण ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भएपनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैचोका उत्पादनले भूमिका खेलेका छन् ।

यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरुलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । यसअर्थमा, पैचोद्वारा प्रशोधित उत्पादन विदेशमा निर्यात हुँदा त्यसको स्वामित्व ति गाउँले किसान परिवारसम्म पुग्छ भन्नेमा पैचो पसल विश्वस्त रहेको छ ।

पैचोका उत्पादन गुणस्तरीय र नेपाली स्वादमा समेत अब्बल छन । पैचोका उत्पादनप्रति आम उपभोक्ताको रुची बढ्दै गएकोछ । हालै मात्र पैचोका उत्पादनले अन्तराष्ट्रिय गुणस्तर मान्यता प्रमाणपत्र (आइएसओ २२००ः२०१८), (आइएसओ ९००१ः२०१५०), डब्लुएचओ–जीएमपी र एचएसीसीपी प्राप्त गरेको छ । त्यसैले यिनै गुणस्तरीय उत्पादनलाई स्वदेशका विभिन्न सहरलेदेखि विश्वका सहर जहाँ नेपाली समुदाय बस्नुभएको छ, त्यहाँ पुर्याउने लक्ष्य पैचोको रहेको छ ।

अमेरिकामा किन ?

नेपालमा अथाह सम्भावना हुँदा हुँदै पनि कमिसन र बढि नाफाको लोभमा विदेशी वस्तुहरुको अत्याधिक आयात भैरहेको तर पैचोले ती विदेशी उत्पादनसँग निरन्तर प्रतिस्पर्धा गरिहेको जनाएको छ ।

बजार व्यवस्थापन गैरेले भन्नुभयो, ‘‘नेपालमा बनेको उत्पादनलाई विश्व बजारमा पुर्याउनु पनि नेपालीको लागि गौरबको कुरा हो । त्यसमाथि नेपाली उत्पादनप्रतिको विश्वासकै कारण हामीले विगतदेखि नै जापान, अष्ट्रेलिया र यूरोपका धेरै देशमा पैचोका उत्पादन पुर्याउँदै आएका छौं । अमेरिका बस्ने नेपाली समुदायले नेपाल चिनाउने र नेपालमै उत्पादन भएको पैचो उत्पादनको निरन्तर माग बढेपछि हामी अमेरिकी बजारमा प्रवेश गरेका हौं । नेपाली बजारमा पैचो स्थापित भैसकको अवस्थामा विदेशमा रहेका नेपालीले पनि विभिन्न माध्यमद्वारा पैचोको उत्पादनको उपभोग र बिक्रिवितरणमा निरन्तर चासो देखाइरहनुभएको छ । त्यसैले ‘बसेपनि सहर गाँउकै खाने रहरको’ हाम्रो मूल मन्त्रलाई सार्थक दिन समेत अमेरिकाको यात्रा तय गरेका हौं । अमेरिका बसेपनि नेपाली पहाडी गाउँको खाद्य उत्पादन खान पाउँदा त्यहाँका उपभोक्ता खुशी हुने हामीले विश्वास गरेका छौं ।”

पैचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका दशौं हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध हुनुभएको छ । पैचो पसल प्रालीले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याख्ला), लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

फेन्सी हाउस इन्कसँग सहकार्य

अमेरिकाको न्यूयोर्कमा रहेको फेन्सी हाउस इन्कले अग्नि एक्जिम प्राली मार्फत नेपालमा उत्पादित खाद्यवस्तुलाई आयात गरेर त्यहाँबाट एक्पोर्ट फर्म नेपाल आईएनसी मार्फत अमेरिकाभर वितरण गरिरहेको छ । यी तीनवटै संस्थाको सहकार्यमा कन्टेनरमार्फत पुग्ने विभिन्न नेपाली उत्पादनहरु अमेरिकाका विभिन्न राज्यमा उपलब्ध भैरहेका छन् ।

यसैक्रममा, पैचोका उत्पादनहरु पनि अग्नि एक्जिममार्फत फेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्र्पोट फर्म नेपालमार्फत सबै राज्यमा बिक्रि सुरु गरेको छ । यसका लागि पैचो पसल र फेन्सी हाउस इन्कबीच सहकार्यका लागि सम्झौता भएको छ ।

फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले भन्नुभयो, ‘‘नेपालबाट हामीले सुरुवाती व्यापार प्रर्वधनका लागि पैचोका केही उत्पादन अमेरिकमा लगेका थियौं । अमेरिकामा यी उत्पादनलाई अत्यधिक रुचाइयो । त्यसपछि हामीले नियमित रुपमा पैचो ब्राण्डलाई अमेरिका लैजाने गरी सहकार्य गरेका छौं । हामीलाई विश्वास छ पेचोसँगको सहकार्यले नेपालको पहाडी क्षेत्रका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुबाट उत्पादित सामान नियमित रुपमा अमेरिकी बजारमा पुर्याउन सफल हुनेछौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com