न्युयोर्कको आजको प्राइमरी चुनावमा नेपाली अमेरिकनहरु पनि उल्लेख्य रुपमा सहभागी


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

न्युयोर्क राज्यमा मंगलबार संघीय संसदको तल्लो सदन र राज्यको सिनेटका लागि भएको प्राइमरी चुनावमा नेपाली मूलका अमेरिकनहरुले पनि उत्साहजनक मतदान गरेका छन् । निर्वाचन क्षेत्रको पुन बर्गिकरणले पछि सरेको प्राइमरीमा आज नेपाली अमेरिकनहरुले समेत मतदानमा भाग लिएका हुन् ।

संसदीय क्षेत्रको नयाँ नक्साका कारण लामो समयदेखि न्युयोर्क शहरका डेमोक्रेटिक सांसदहरु जेरी नाडलर र क्यारोलिन मालोनी एउटै चुनावी क्षेत्रमा परेपछि उनीहरुले एकअर्काको सामना गरिरहेका छन्। त्यसैले न्युयोर्कको १२ औं संसदीय डिस्ट्रिक्टको चुनावलाई खास चासोका साथ हेरिएको छ, जसमा भारतीय मूलका अमेरिकन सुरज पटेल समेत उम्मेदबार छन् ।

प्राइमरी चुनावमा नेपाली अमेरिकनहरुको सहभागिता विगतको तुलनामा बढ्दै गएको छ । मताधिकारको प्रयोग गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको नेपाली अमेरिकनहरुले बताएका छन् ।

कतिपय नेपाली अमेरिकनहरु अग्रिम मतदानमा सहभागी भएका थिए भने कतिपयले प्राइमरी चुनावको मुख्य दिन मतदान गरेका छन् । न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ९ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ९ हजारको हाराहारीमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी प्राइमरीमा कुनै दलमा दर्ता भएका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुलेमात्र मतदान गर्न पाउने भएकाले प्राइमरीमा भाग लिनका लागि योग्य नेपाली मूलका मतदाताको संख्या भने कम रहेको छ । नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले नोभेम्बरको चुनावमा भने मतदान गर्न पाउनेछन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ६० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् ।

नेपाली अमेरिकनहरु अल्पसंख्यक समुदायहरु रहेपनि अमेरिकाको चुनावमा सकृयताका साथ सहभागिता जनाउँदै आएका छन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकनको चासो र सहभागिता विगतका बर्षहरुमा बढ्दै गइरहेको छ । चुनावमा उम्मेदवारी दिनेमात्र होइन, चुनाव जितेर इतिहास कायम गर्ने काम समेत नेपाली अमेरिकनले सुरु गरेका छन् ।

कभर तस्वीरमा न्युयोर्कको प्राइमरी चुनावमा मतदानपछि नेपाली अमेरिकन निर्मला बास्कोटा ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com