बीमाको पैसा असुल्न बन्दको मौका छोपी आफ्नै गाडी जलाए,आगो लगाउने प्रहरी नियन्त्रमा


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं। ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो। गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं। ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका- ७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए।

‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने, ‘विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्धेश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य खुल्यो।’ मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए। ‘आफैं आगो लगाएर बीमाबाट रकम असुल्ने नियत देखियो,’ एसपी काफ्लेले भने, ‘यसअघि गाडी साहुले आफूलाई गाडी देउखुरीतर्फ लगेकोबारे चालकले कुनै सूचना नदिएको भनेर झूट बोलेका रहेछन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउपछि चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिकास्थित आफ्नो घरतर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागीपछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नुजस्ता कारणहरूले घटना शंकास्पद देखिएको यसअघि नै एसपी काफ्लेले बताएका थिए।

चालक र सहचालकले भने चार पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताउँदै आएका छन्। आगजनीबाट टिपरको अगाडिको भाग पूरै जलेर नष्ट भएको छ। विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै टिपर आफूहरूले आगजनी नगरेको यसअघि नै बताइसकेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com