बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार

रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com