३२ आमा साक्षर बन्ने दौडमा


प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार

कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन् । पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन । कैलालीको जानकी गाउँपालिका पनि साक्षर घोषणा भइसकेको छ । करिब १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा धेरै नागरिक साक्षर भएको तथ्याङ्कपछि पालिकालाई साक्षर घोषणा गरिएको हो । तर पालिकामा केहीले पढ्न, लेख्न नजान्ने भएकाले सबैलाई साक्षर बनाउन वडा नं २ मा अहिले साक्षरता कक्षा सञ्चालन भइरहेको छ ।

विगतमा पढ्न नपाएर साक्षर हुन नसकेकी वडा नं २ खैरेहनीका निर्मला जोशी अहिले निकै मेहेनतका साथ साक्षरता कक्षामा सहभागी छिन् । “पहिला पढेको छैन, अहिले नाम लेख्न जान्न सकिन्छ कि भनेर पढ्न थालेकी हुँ”, निर्मलाले भनिन्, “आफ्नो नाम लेख्ने, सामान्य अरुले लेखेको पढ्न सक्ने भए पुग्छ ।”

उनले पहिलेको जमाना छोरी पढाउने नभएकाले पढ्न नपाएको बताउँदै भन्छिन्, “आजभोलि बैंक जानुपर्छ । समूहमा जानुपर्छ । पढ्न नजान्दा समस्या भएको छ त्यसैले पढ्न सिक्ने जाँगर पलाएको छ ।”

निर्मलाजस्तै अन्य महिलालाई पनि पढ्ने उमेरमा घाँस, दाउरा, गोठालो बनेर आमाबुवालाई सघाएर जीवन बितेकामा पछुतो लाग्छ । पढ्ने उमेरमा पढ्नुपर्छ भन्ने थाहा नपाएका, अभिभावकले विद्यालय देख्ने वातावरण नबनाइदिएका यी महिला अहिले पनि सकिन्छ भनी पढ्न थालेका हुन् । उमेर छिप्पिदै जाँदा सावा अक्षर चिन्ने रहर जागेको निर्मलाको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ४७ वर्षीया निर्मला गाउँघरमा हुने बैठक, समूहमा जाँदा आफ्नो नाम आफैँ लेख्ने धोको चाँडै पूरा गर्ने आशामा छिन् । जानकीकै वासु जोशी पनि अहिले ४४ वर्षको भइन् । उनलाई अहिले किताबसँग खेल्ने, रमाउने रहर छ । “पहाडमा जन्मियौँ, बाबाले पढ्न जा भने पनि गइएन । घाँसमात्र काटियो”, वासु भन्छिन्, “अहिले रमाइलोसँगै सिक्न थालेकी छु । केही त सिकौला ।”

वासु नातिनातिना स्याहार गर्ने बेलामा साँझ बिहान घरको काममा सघाएर दिउँसो फुर्सदको समय निकालेर पढ्न आउँछिन् । उनी जस्तै साक्षरता कक्षामा अहिले ३२ महिलाले नियमित कक्षा लिइरहेका छन् । कक्षामा सहभागी महिला सबै पाको उमेरका भएकाले पढ्न अप्ठ्यारो नलागेको बताउँछन् ।

निरक्षरलाई साक्षर बनाउनका लागि एक गैरसरकारी संस्थाले गाउँपालिकामा नौ महिने साक्षरता कक्षा सञ्चालन गरेको हो । कक्षा सञ्चालनका लागि आवश्यक पुस्तकसमेत सबै उपलब्ध गराउने गरेको छ । गाउँघरमा निरक्षर रहेका महिलालाई साक्षर बनाई सहयोग गर्ने गरी अहिले कक्षा सञ्चालन भइरहेको शिक्षिका भागरथी बमले बताइन्। “नपढेका दिदीबहिनी धेरै छन् । हस्ताक्षर गर्नसमेत जान्दैनन्”, शिक्षिका बम भन्छिन्, “महिलाले ठूला अक्षरमात्र चिने पनि सजिलो हुन्छ । हामीले उहाँहरूलाई पढ्न सिकाउनुका साथै सामाजिक काममा अग्रसर हुनसमेत हौसला दिने गरेका छौँ ।”

कैलालीका जानकी, जोशीपुर गाउँपालिकासहित टीकापुर, लम्कीचुहालगायतका नगरपालिका साक्षर घोषणा भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com