चीनद्वारा सैन्य कारबाही सुरु, यस्तो आयो जी-७ राष्ट्रका विदेशमन्त्रीहरुको संयुक्त वक्तव्य


प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ । ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ ।

चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ। ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ। यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।

चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार ताइवान पुगिन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी हुन् । यस मामिलालाई शान्त पार्न जी-७ समूह देशका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै चीनको कारबाहीले अस्थिरताको जोखिम बढाएको बताएका छन्। ‘ताइवान स्ट्रेटमा भ्रमणको बहानामा आक्रामक सैन्य गतिविधि सञ्चालन गर्नुको कुनै औचित्य छैन।  सांसदहरू नियमित रूपमा अन्तर्राष्ट्रिय यात्रा गर्छन् र यो सामान्य हो,’ विज्ञप्तिमा भनिएको छ। जी ७- समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका पर्छन्।

पेलोसी २५ वर्षमा पहिलो पटक ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी उच्च अधिकारी हुन्। चीनले उनलाई यो यात्रा नगर्न चेतावनी दिएको थियो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र यसको स्वतन्त्रताको विरोध गर्दछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको’ आरोप लगाएका छन् । ‘आगोसँग खेल्नेको अन्त्य राम्रो हुँदैन र चीनलाई उक्साउनेलाई कारबाही हुन्छ,’उनले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com