दोश्रोपटक कोरोना संक्रमणपछि बाइडेनको डेलावर र मिसिगन भ्रमण रद्द


प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार

US President Joe Biden arrives at the Democratic National Committee (DNC) Winter Meeting at the Washington Hilton in Washington, DC, March 10, 2022. (Photo by Nicholas Kamm / AFP)

अघिल्लो बिहिबार कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शनिबार फेरि कोरोना पोजेटिभ देखिएपछि आइतबार हुने तय भएको डेलावरको भ्रमण र मंगलबार हुने तय भएको मिसिगनको भ्रमण रद्द गरिएको ह्वाइट हाउसले जनाएको छ । मिशिगनको भ्रमण कम्प्युटर चिप निर्माण र अनुसन्धानमा सब्सिडी दिन र चीनको प्रभावलाई रोक्नको लागि ल्याइएको  ५२ बिलियन डलरको बिलको समर्थनमा गरिने एक कार्यक्रमको लागि तय भएको थियो ।

यो बिल यसै हप्ता संसदका दुबै सदनबाट पारित भइसकेको छ । अब बिलमा बाइडेनको हस्ताक्षर हुन बाँकी रहेको छ । बाइडेनले मंगलबारको कार्यक्रम अनलाइनबाट भाग लिने वा नलिनेबारे अझै स्पष्ट छैन ।

बाइडेनलाई मंगलबार, बुधबार, बिहिबार र शुक्रबार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकोमा आज गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

बाइडेनलाई कुनै लक्षण भने नदेखिएको ह्वाइटहाउसले जनाएको छ । एन्टीभाइरल प्याक्सलोभिड सेवन गरेका कतिपय संक्रमितमा दोहोरिएर कोरोना पोजेटिभ देखिएको र बाइडेनलाई पनि त्यस्तै भएको ह्वाइटहाउसका चिकित्सकले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्याक्सलोभिडको मात्रा पूरा गरेपछि पनि कतिपयमा कोरोना पोजेटिभ देखिनु असमान्य भएतापनि यसको अर्थ औषधीले काम नगरेको भने नहुने चिकित्सकहरुको भनाई छ । उच्च जोखिममा रहेका विरामीहरुलाई यो औषधीको सेवनपछि अस्पताल भर्ना हुने जोखिम कम हुने जनाइएको छ ।

बाइडेनलाई पुराना लक्षणहरु भने नदोहोरिएको र निको हुने क्रम जारी रहेको जनाइएको छ । फेरि उपचार नचलाइने तर अवस्थाको नजिकबाट मूल्यांकन गरिने ह्वाइटहाउसले जनाएको छ । शनिबार दिउसो आफूलाई कोरोना पोजेटिभ देखिएकोबारे ट्वीटरमा पोष्ट गर्दै राष्ट्रपति बाइडेनले आइसोलेन पुन सुरु गर्ने बताएका थिए ।

जुलाई २१ मा कोरोना संक्रमणपछि बुधबारमात्र बाइडेन आइसोलेसनपछि निवासबाट बाहिर निस्केका थिए । उनलाई रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, सामान्य ज्वरो आउने र जिउ दुख्ने जस्ता लक्षणहरु देखिएका थिए ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com