दोश्रोपटक कोरोना संक्रमणपछि बाइडेनको डेलावर र मिसिगन भ्रमण रद्द
प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार
US President Joe Biden arrives at the Democratic National Committee (DNC) Winter Meeting at the Washington Hilton in Washington, DC, March 10, 2022. (Photo by Nicholas Kamm / AFP)
अघिल्लो बिहिबार कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शनिबार फेरि कोरोना पोजेटिभ देखिएपछि आइतबार हुने तय भएको डेलावरको भ्रमण र मंगलबार हुने तय भएको मिसिगनको भ्रमण रद्द गरिएको ह्वाइट हाउसले जनाएको छ । मिशिगनको भ्रमण कम्प्युटर चिप निर्माण र अनुसन्धानमा सब्सिडी दिन र चीनको प्रभावलाई रोक्नको लागि ल्याइएको ५२ बिलियन डलरको बिलको समर्थनमा गरिने एक कार्यक्रमको लागि तय भएको थियो ।
यो बिल यसै हप्ता संसदका दुबै सदनबाट पारित भइसकेको छ । अब बिलमा बाइडेनको हस्ताक्षर हुन बाँकी रहेको छ । बाइडेनले मंगलबारको कार्यक्रम अनलाइनबाट भाग लिने वा नलिनेबारे अझै स्पष्ट छैन ।
बाइडेनलाई मंगलबार, बुधबार, बिहिबार र शुक्रबार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकोमा आज गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।
बाइडेनलाई कुनै लक्षण भने नदेखिएको ह्वाइटहाउसले जनाएको छ । एन्टीभाइरल प्याक्सलोभिड सेवन गरेका कतिपय संक्रमितमा दोहोरिएर कोरोना पोजेटिभ देखिएको र बाइडेनलाई पनि त्यस्तै भएको ह्वाइटहाउसका चिकित्सकले जनाएका छन् ।
प्याक्सलोभिडको मात्रा पूरा गरेपछि पनि कतिपयमा कोरोना पोजेटिभ देखिनु असमान्य भएतापनि यसको अर्थ औषधीले काम नगरेको भने नहुने चिकित्सकहरुको भनाई छ । उच्च जोखिममा रहेका विरामीहरुलाई यो औषधीको सेवनपछि अस्पताल भर्ना हुने जोखिम कम हुने जनाइएको छ ।
बाइडेनलाई पुराना लक्षणहरु भने नदोहोरिएको र निको हुने क्रम जारी रहेको जनाइएको छ । फेरि उपचार नचलाइने तर अवस्थाको नजिकबाट मूल्यांकन गरिने ह्वाइटहाउसले जनाएको छ । शनिबार दिउसो आफूलाई कोरोना पोजेटिभ देखिएकोबारे ट्वीटरमा पोष्ट गर्दै राष्ट्रपति बाइडेनले आइसोलेन पुन सुरु गर्ने बताएका थिए ।
जुलाई २१ मा कोरोना संक्रमणपछि बुधबारमात्र बाइडेन आइसोलेसनपछि निवासबाट बाहिर निस्केका थिए । उनलाई रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, सामान्य ज्वरो आउने र जिउ दुख्ने जस्ता लक्षणहरु देखिएका थिए ।
Discover more from KHASOKHAS
Subscribe to get the latest posts sent to your email.









